आयातमा रोक लागे पनि ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रियो

९ श्रावण, काठमाण्डौँ । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८र०७९ (साउन २०७८–असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३..

पूर्वडीआईजी कोइरालाको फैसला उल्टियो, जन्मकैद कायम

१२ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वाेच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म..

भारतले चिनी निर्यातमा लगायो रोक

११ जेष्ठ, काठमाण्डौँ । केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले चिनी निर्यातमा रोक लगाएको छ । आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो । रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो..

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

८ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै..

दाङको तुलसीपुरमा एमालेका उम्मेद्धारलाई ९६२ मतको अग्रता, गठबन्धनलाई हम्मे–हम्मे

८ जेष्ठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेद्धारलाई जित्न गठबन्धनलाई हम्मे हम्मे पर्ने देखिएको छ । आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ र्पुयाएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको १४ हजार ९५५ मात्र मत छ । कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको..

वुबा उपमेयरमा हारेपछि छोराले कुटे नेता

८ जेष्ठ, सुनसरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेका छन् । आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् । सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए । हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी..

धरानमा हर्क साम्पाङलाई चार हजार १५९ मतको अग्रता

८ जेष्ठ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो..

चुलाचुलीमा नवनिर्वाचित जनप्रतिनिधीद्वरा पदभार ग्रहण

७ जेष्ठ, इलाम । चुलाचुली गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृत तेजप्रसाद प्रसाईद्धारा निर्वाचित जनप्रतिनिधीरुलाई प्रमाण–पत्र वितरण गरि हिजो साँझनै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती सहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेको चुलाचुली गाउँपालिकाले जनाएको छ । हिजो साँझ ७ बजेतिर चुलाचुली पालिकाको प्रसाशकीय भवनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नवनिर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरूङबाट उपाध्यक्ष, वडाध्यक्ष र सम्पूर्ण सदस्यहरूलाई पद तथा गोपनियताको सपथ..

सूर्याेदयमा गठबन्धनका उम्मेद्ववार रणबहादुर राई र दुर्गा बराल विजयी

७ जेष्ठ, इलाम । इलामको सूर्याेदय नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार रणबहादुर राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेद्धवार बनेका नेकपा एकीकृत समाजवादीका राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे । कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए । राई यसअघि पनि सूर्याेदय नगरपालिकाको मेयरमा निर्वाचित भएका..

उर्लाबारीको मेयर र उपमेयर दुवै पद एमालेले जित्यो

५ जेष्ठ, मोरङ । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेको उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा होमिएको थियो । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १५६ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार फागोले १० हजार २९० मत..