समाचार
नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै
८ माघ, काठमाण्डौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो । जसको असर राजश्वमा देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । राजश्वमा आधारित अर्थतन्त्रको मेरुदण्ड नै पेट्रोलियम पदार्थ र पेट्रोलियम सवारी भएपनि चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थसँगै पेट्राल र डिजेलबाट चल्ने सवारीको समेत आयात घटिरहेको हो । जसबाट..
मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो
८ माघ, काठमाण्डौँ । मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो । अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक महिनामा ऋण..
इलाम गोल्डकपः विर्तामोड युनाइटेड ३–० गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश
७ माघ, इलाम । विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापाका लागि हिसुब थपलियाले ३८ र ५१ औं र प्रशान्त लक्समले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र..
हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतको अनुमति
७ माघ, काठमाण्डौँ । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो । खड्काले भने, ‘अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं । निजहरूको खोजी गर्दैछौं ।’ सुर्खेतको जनमाविमा अध्ययनरत्..
शिक्षामन्त्री राई मौनः अस्तव्यस्त शिक्षा प्रणाली
७ माघ, काठमाण्डौँ । पदबहाली गरेको ९ महिना बिते पनि सार्वजनिक शिक्षादेखि उच्च शिक्षा सुधारका विषयमा शिक्षामन्त्री अशोककुमार राई मौन छन । पदभार ग्रहण गरेको केही सातामा शिक्षामन्त्रीले सञ्चारकर्मीलाई आफू अझै मन्त्रालय बुझ्ने क्रममै रहेको बताएका थिए । त्यसयता उनी शिक्षा सुदृढीकरणदेखि शैक्षिक सबालमा कतै देखा परेका छैनन । औपचारिक कार्यक्रममा पनि कमै सहभागी हुन्छन । मंसिरयता त कानको शल्यक्रिया गरेर धेरै समय आराममा बिताउँदै आएका छन । मंसिर अघिपछि पनि अधिकांश कार्यक्रममा राज्यमन्त्री प्रमिला..
पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने
७ माघ, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आज आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको छ । त्यस्तै काउन्सिलले १० जनालाई लेखनवृत्ति, सात जनालाई..
इलाम गोल्डकपः आयोजक रेडहर्ष सेमीफाइनल प्रवेश
६ माघ, इलाम । इलाममा आजबाट सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडीखेलमा आज भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए । आयोजकका लागि श्रेष्ठले..
दशगजा मिचेर बनाईएका साढे ५ सय संरचना सशस्त्र प्रहरीले हटायो
६ माघ, काठमाण्डौँ । नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) मिचेर निर्माण गरिएका साढे ५ सयभन्दा बढी भौतिक संरचना सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । करिव १ वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय ५६ घर, टहरालगायत भौतिक संरचना सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको भेटिएको छ । भारतसँग नेपालको करिब १..
प्रभु साहले अर्धसैनिक बल गठन गरेपछि सुरक्षा निकायमा हलचल
६ माघ, रौतहट । आमजनता पार्टीले आइटी आर्मी नामक अर्धसैनिक बल गठन गरेपछि देशको सुरक्षा निकायमा एकाएक हलचल बढेको छ । माओवादी हुँदै नेकपा एमाले र त्यसपछि आम जनता पार्टी गठन गरेका प्रभु साह यतिबेला चर्चामा छन् । देशको सुरक्षा निकायका गुप्तचरहरू चाहिँ यतिबेला सो संगठनले के गर्ने हो भन्ने कुराको खोजबिनमा लागेका छन । आफ्नो प्रभाव विस्तारै घट्दै गएको देखेपछि प्रभु साहले अर्धसैनिक बल आइटी आर्मी गठन गरेर सबैको ध्यान आफूतिर..
सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
६ माघ, सुनसरी । शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् । सांसद चौधरीले शुक्रबार बर्जु गाउँपालिका वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७