इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु

१६ माघ, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको आयोजना गर्ने लागेको स्ववियु सभापति दर्शन राईले बताए ।

क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित आउने माघ २१ गते देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए ।

उनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर