जावलाखेल युथलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा

जावलाखेल युथलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा

१७ माघ, काठमाण्डौँ । जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

भोलि अन्तिम सेमिफाइनलअन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर