समाचार
फोहरमा नवजात शिशुको शव फेला
४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको..
वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार
४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..
बजेट अभावले पूर्व–पश्चिम रेलमार्गको काममा ढिलाई
४ माघ, काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काममा ढिलासुस्ती देखिएको छ । बजेट थोरै हुँदा आयोजनाको निर्माण कार्यले गति लिन नसकेको सरोकारवाला निकायले जनाएको छ । सुरुको खण्ड बर्दिवास–निजगढ (७० किमी) को ट्रयाकवेड तथा सो खण्डमा पर्ने १५ वटा रेल पुल निर्माणको कार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६५ किलो मिटर ट्रयाकवेड र १३ वटा..
बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार
४ माघ, बागलुङ । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए ।
पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन ओलीको निर्देशन
४ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले..
पूर्वी तराईमा चिसोका कारण जनजिवन प्रभावित
२९ पौष, विराटनगर । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक..
सत्तारुढ गठबन्धनको बैठक बस्दै
२९ पौष, काठमाण्डौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ । आजको बैठक..
ओलीको मति अझै सुध्रिएको छैन रहेछः माधव नेपाल
२५ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे । उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको..
भारतसंगको विवाद पछि चिनियालाई घुम्न बोलाउदैँ माल्दिभ्स
२५ पौष, काठमाण्डौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु चीनको औपचारिक भ्रमणमा छन् । तीन दिनको भ्रमणको क्रममा उनी दोस्रो दिन फुचियन प्रान्त पुगेका हुन् । त्यहाँ आयोजित बिजनेस फोरमलाई सम्बोधन गरेको सन्दर्भलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले माल्दिभ्समा अरु बढी चिनियाँ पर्यटक पठाइदिन आग्रह गरेको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्स नजिकैको लक्ष्यदिप टापुहरुको भ्रमणपछि चिसिएको सम्बन्धपछि माल्दिभ्सले चीनको साथ खोजेको उक्त समाचारमा..
चीनले निर्माण गर्यो १५ वर्षमा ४५ हजार किलोमीटर हाइस्पिड ट्रेन ट्रयाक
२५ पौष, काठमाण्डौँ । चीनले उच्च गतिको रेल सञ्चालन गरेको १५ वर्षमा ४५ हजार किलोमीटर लामो हाइस्पिड ट्रेन ट्रयाक निर्माण गरेको छ । सन् २०२३ को अन्त्यसम्म चीनका अधिकांश प्रान्त र ठूला शहरमा उच्च गतिको रेल सेवा पुगेको बताइएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ, ‘चीनमा कुल एक लाख ५९ हजार किलोमीटर लामो रेल सञ्जाल छ । त्यसमध्ये झण्डै एक तिहाई..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७