बालेनले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने, सुनिता मतदान गर्न लाईनमा

११ माघ, काठमाण्डौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् । बाग्मती प्रदेशको मतदाता रहेका उनी हेटौंडामा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कार्यव्यस्तताका कारण मेयर भोट हाल्न जान नभ्याउने उनको सचिवालयले जानकारी दिएको छ । उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगिसकेकी छन् । राष्ट्रिय सभामा रिक्त १९ सदस्य निर्वाचित गर्न अहिले सातै प्रदेशमा मतदान भइरहेको छ । प्रदेश सभा सदस्य र गाउँ..

संविधानको पालना र कार्यन्वयन गर्नु सबैको दायित्व होः प्रधानमन्त्री प्रचण्ड

११ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति सामाजिक सद्भाव बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरूको भूमिकासमेत महत्त्वपूर्ण रहने..

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको ‘कम ब्याक’ सम्भव होला त !

११ माघ, एजेन्सी । अमेरिकी इतिहासमा राष्ट्रपतिमा निर्वाचितभन्दा बढी चर्चामा आउने पराजित उम्मेदवार कुनै हुन् भने त्यो व्यक्ति निश्चय नै डोनाल्ड ट्रम्प हुन । हुन पनि गएको चार वर्षमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भन्दा बढी चर्चा र चासो ट्रम्पको रह्यो । कतिपय मुद्दामा त ‘ट्रम्प राष्ट्रपति भएका भए के गर्थे होलान ?’ भन्ने आधारमा पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषणहरू हुने गरेको छ । खासगरी रुस–युक्रेन युद्ध, अमेरिकी आप्रवासन नीति र सीमा पर्खाल निर्माण,..

राष्ट्रियसभा सदस्यका लागि कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

११ माघ, विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् । निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रकी चम्पा कार्की, नेकपा एमालेकी रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल चुनावी मैदानमा छन् । राप्रपा..

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

११ माघ, काठमाण्डौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र..

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० माघ, काठमाण्डौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भेरिएभल फ्रिकुनेन्सी ड्राइभ खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन पौडेल, तत्कालीन नायब..

कोशी प्रदेशका ८० प्रतिशत जमिन अम्लियपनयुक्त

१० माघ, विराटनगर । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ । किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा..

जसपा र जनमतबीच बढ्दो ‘तिक्तता’ किन ?

१० माघ, जनकपुरधाम । जनमतको प्रदेश संसदीय दलको बैठकले ‘मुख्यमन्त्री नियुक्तिका लागि जनमत पार्टीले दिएको समर्थन फिर्ता लिइएको’ पत्र मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । पत्रको बोधार्थ प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयलाई पनि दिइएको जनमतका संसदीय दलका नेता महेशप्रसाद साहले बताए । जनमतले सरकारलाई दिएको समर्थन फिर्तासँगै शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई फिर्ता बोलाएको छ । दुवै मन्त्रीले..

उर्लाबारीको जंगलमा हिउँचितुवा फेला

१० माघ, मोरङ । उर्लाबारी नगरपालिकाको एक जंगलमा हिउँचितुवा फेला परेको छ । मंगलबार दिउँसो उर्लाबारी–१, चारघरे बस्ती छेउको बाँसघारीमा स्थानीयले चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा नसकेपछि मोरङ डिभिजन वन कार्यालयका पशु उद्धारकर्ताले चितुवाको उद्धार गरेका थिए । सरकारले विशेषगरी हिमाली क्षेत्रमा पाइने हिउँचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले..

फुटपाथ व्यवसायीहरु आज पनि धर्नामा

१० माघ, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न..