गृह मन्त्रालयबाट चार सहसचिव बाहिरिए

६ माघ, काठमाण्डौँ । गृह मन्त्रालयबाट चार जना सहसचिव बाहिरिएका छन् भने एक जना सहसचिव मन्त्रालयमा भित्रिएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरगत कार्यरत चार जना सहसचिवको अन्य निकायमा सरुवा गरेको हो । एक सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सरुवा भएको सूची अनुसार गृह मन्त्रालय अन्तरगत कार्यरत नारायणप्रसाद रिसालको अर्थ मन्त्रालय अन्तरगत सरुवा भएको छ भने मन्त्रालय अन्तरगत नै कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवको मधेश प्रदेश..

सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डीएसपी बढुवा हुन विपद् व्यवस्थापनमा डिप्लोमा गरेको हुनु पर्ने

६ माघ, काठमाण्डौँ । सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्राजुएट डिप्लोमा)मा गर्नुपर्ने भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्राजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।’ यसअघि सशस्त्र प्रहरीमा..

स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै इलाम नगरपालिका

४ माघ, इलाम । इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास देखि ५ सम्मका झन्डै ८ सय जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । इलाम नगरपालिका प्रमुख केदार थापाले न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबारबाट पहिलो चरणमा सुरु गरेको बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काका अनुसार इलाम नगरपालिकाले शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै..

फोहरमा नवजात शिशुको शव फेला

४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको..

वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..

बजेट अभावले पूर्व–पश्चिम रेलमार्गको काममा ढिलाई

४ माघ, काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काममा ढिलासुस्ती देखिएको छ । बजेट थोरै हुँदा आयोजनाको निर्माण कार्यले गति लिन नसकेको सरोकारवाला निकायले जनाएको छ । सुरुको खण्ड बर्दिवास–निजगढ (७० किमी) को ट्रयाकवेड तथा सो खण्डमा पर्ने १५ वटा रेल पुल निर्माणको कार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६५ किलो मिटर ट्रयाकवेड र १३ वटा..

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार

४ माघ, बागलुङ । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए ।

पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन ओलीको निर्देशन

४ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले..

पूर्वी तराईमा चिसोका कारण जनजिवन प्रभावित

२९ पौष, विराटनगर । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक..

सत्तारुढ गठबन्धनको बैठक बस्दै

२९ पौष, काठमाण्डौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ । आजको बैठक..