समाचार
माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो माई नगर’ सार्वजनिक
१३ माघ, इलाम । इलामको माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माई नगर’कक्षा ४, ५ र ८ सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । माई नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा पुस्तक सार्वजनिकीकरण गरिएको हो । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खम्बा सिंह लिम्बुले शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्ने कुरामा कुनै कमी हुन नदिने..
थप तीन हजार जनालाई शहीद घोषणाको तयारी हुँदैछः प्रधानमन्त्री प्रचण्ड
१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए । प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका..
माओवादीलाई १७ हजारको हत्यारा भन्ने झुट भाष्यः प्रधानमन्त्री प्रचण्ड
१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरेका छन् । शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ भनेर प्रतिवाद गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने–‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् रु १७ हजार..
एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि होः ओली
१३ माघ, काठमाण्डौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँग कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताएका छन् । आज साढे एघार बजे एमाले पार्टीको मुख्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् । दुई पक्षको कुराकानीमा नेपाल चीन सम्बन्धका विभिन्न आयामहरूमाथि छलफल भएको थियो । भेटमा सहभागी एमालेका विदेश..
भूमि व्यवस्था मन्त्रालयलका सचिव दुवाडीले बनाए आफ्नै भाञ्जालाई पिए
१३ माघ, काठमाण्डौँ । लाभको पदमा पुगेका राजनीतिकर्मीले योग्य र काममा पोख्त कार्यकर्तालाई पन्छाएर एकाघरका आफन्तलाई स्वकीय सचिव राख्ने विकृतिले निजामती प्रशासनमा पनि घर गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलका सचिव गोकर्णमणि दुवाडीले आफ्नै भाञ्जालाई निजी सचिवको जिम्मेवारीमा राखेका छन् । मन्त्रालयमा दरबन्दी नै नभए पनि नापी विभागमा कार्यरत सर्वेक्षक भाञ्जा आनन्द बुर्लाकोटीलाई काजमा लागेका हुन् । गोकर्णमणि आफैं पनि भूमिव्यवस्था विभागअन्तर्गतका मालपोत कार्यालयहरूमा काम..
ताप्लेजुङको हिमाली क्षेत्रमा बाक्लो हिमपात
१३ माघ, मोरङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको..
जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ
१३ माघ, मोरङ । ८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भन्सार कार्यालय पशुपतिनगरको राजश्व संकलनमा बृद्धी
१३ माघ, इलाम । भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो । हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८..
इलामको पर्यटन लयमा फर्कदैः यो बर्ष ८५ हजार पर्यटक भित्रिए
१३ माघ, इलाम । पछिल्लो समय इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न..
एमालेकी ‘लो प्रो–फाइल’ उम्मेदवार रुक्मिणीको ‘हाई प्रो–फाइल’ जित !
१३ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्याे ? एमालेका नेताहरू नै कुरा गर्थे । राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४०..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७