आज विश्व क्यान्सर दिवस

२१ माघ, काठमाण्डौँ । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ । विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन..

इटहरी भित्र सञ्चालनमा रहेका डेढ दर्जन योजना अलपत्र

२१ माघ, सुनसरी । इटहरी उपमहानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उपमहानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् । नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए । त्यसमध्ये..

एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन्..

सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै

२० पौष, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै आएको छ । गाउँपालिकाले ‘हाम्रो सन्दकपुर’ नामक स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री निर्माण गर्न थालेको हो । गाउँपालिकाले चालू आर्थिक बजेटको स्वीकृत कार्यक्रम अनुरुप सन्दर्भसामग्री निर्माण गर्न लागेको हो । कक्षा १ देखि ८ सम्मको लागि पाठ्यक्रम निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सन्दर्भ सामग्री निर्माणको लागि गाउँपालिकाले विषयविज्ञहरुसँग समन्वय गर्दै आएको छ । सन्दर्भ सामग्री निर्माण गरेसँगै..

इलाममा अखाद्य कटन क्याण्डी बिक्री वितरणमा रोक

२० पौष, इलाम । जिल्ला प्रशासन कार्यालय इलामले अखाद्य कटन क्याण्डी बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सो सामग्री बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारलाई आग्रह गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रुपमा बेचिन कटन क्यान्डीको नमुना परिक्षण गर्दा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएपछि बिक्री वितरणमा रोक लगाएको सो सूचनामा उल्लेख गरिएको..

सोलार प्यानल मार्फत झापामा १० मेघावट बिद्युत उत्पादन सुरु

२० पौष, झापा । झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट विद्युत उत्पादन शुरु भएको छ । १० मेघावट बिद्युत उत्पादन गर्ने क्षमता रहेको परियोजनाले अहिले ६ मेघावाट विद्युत उत्पादन गरिरहेको छ । झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको परियोजना नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सवस्टेशनमा जोडिएको..

काठमाडौँमा एमालेको युवा महोत्सव

२० पौष, काठमाण्डौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । आज शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

अरुणकुमार चौधरीको बयानः कानुन विपरीत भए जग्गा फिर्ता गर्छु

२० पौष, काठमाण्डौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् । सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् । सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै..

दमकमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

१८ माघ, झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्। गएराति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र..

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

१८ माघ, काठमाण्डौँ । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए ।..