दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको असन्तुष्टि

१८ माघ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । जनकपुरमा बिहीबार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्‍याई गरेको बताए । उनले गम्भीर कुराहरूमा बोल्नुअघि गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए । उनले तत्कालीन हत्याकाण्डका समयमा..

जावलाखेल युथलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा

१७ माघ, काठमाण्डौँ । जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् । थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१..

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्योः ओली

१७ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । आज बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण..

इरानसँग युद्ध नगर्ने अमेरीकाको भनाई

१७ माघ, एजेन्सी । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसमर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका हुन् । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने..

विराटनगर जुटमिल संञ्चालनमा ल्याउन तत्काल ३० करोड बढी लगानी आवश्यक

१७ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षाैं अघि बन्द भएको विराटनगर जुटमिलको अवस्था भने दयनीय छ । जुट मिल परिसर साँझ पर्नासाथ भुत बङ्गलाजस्तो हुन्छ । जुटमिल क्षेत्र ठुलो जङ्गल जस्तो देखिन थालेको छ । जुटमिलको सुरक्षाका लागि लगाइएका पर्खाल भत्किएका छन् । लागु औषध प्रयोगकर्ता र चोरी चकारी गर्नेहरुको..

विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

१७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख..

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु

१६ माघ, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको आयोजना गर्ने लागेको स्ववियु सभापति दर्शन राईले बताए । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित आउने माघ २१ गते देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए । उनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको..

नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा

१६ माघ, काठमाण्डौँ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा..

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना

१६ माघ, हेटौडा । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको स्थानियले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार..

सांसदको निर्माण कम्पनीले आयोजना अलपत्र पारेपछि मतदाताले अल्टिमेटम दिए

१६ माघ, काठमाण्डौँ । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसदलाई अल्टिमेटम दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण गराएको हो । रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन..