माओवादीलाई १७ हजारको हत्यारा भन्ने झुट भाष्यः प्रधानमन्त्री प्रचण्ड

माओवादीलाई १७ हजारको हत्यारा भन्ने झुट भाष्यः प्रधानमन्त्री प्रचण्ड

१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरेका छन् ।

शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ भनेर प्रतिवाद गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले भने–‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् रु १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने रु कोही नलेख्ने,कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गथ्र्याैँ हिजो भए ? कस्तो प्रतिवाद गथ्र्याैँ ? हाम्रा महान शहीदको सहन सक्दैनौँ भनेर मुठी उठाएर बोल्न किन आँट आएन ? किन जोस आएन ? हाम्रा १० हजार राष्ट्रिय महान् सहिद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ ?हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्,तीनलाई ठाउँ ठाउँ किन दिन सकेनौँ ?

प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा पनि अब यसबारे प्रस्ताव लैजाने बताए । उनले चाँडै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनबाट पारित गरिने बताए ।

उनले जनयुद्ध दिवसमा बिदा दिने निर्णय अदालतबाट खारेज भएको कुरा एकै पटक मिडियाबाट थाहा पाउनुपरेको भन्दै सतकर्ततापूर्वक अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270