समाचार
आलोपालोे फर्मुला अनुसार विप्लवलाई संयोजक
६ फागुन, काठमाडौँ । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आज बिहान बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र..
दमकमा ‘ए’ र ‘बि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
६ फागुन, दमक । झापाको दमकमा 'ए' डिभिजन र 'बि' डिभिजन प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हल परिवारको आयोजनामा तेस्रो वार्षिकोत्सवको अवसरमा फागुन ४ र ५ गते दुई दिन सञ्चालित प्रतियोगिता शनिवार सम्पन्न भएको हो । तिलुङ्छा कभर्ड हलका अध्यक्ष रण बहादुर राईका अनुसार हलले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रतियोगिता गराउदै आइरहेको छ । "स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि..
नेपाल एपिएफ स्कुल र नेपाल पुलिस स्कुल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफीको फाइनलमा
५ फागुन, काठमाडौं । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान..
भाइरलको अर्थ सङ्क्रामक प्रसार होः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ उन्मुख हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय..
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो जित
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ । नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको..
काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणको ३१ प्रतिशत काम सकियो
५ फागुन, निजगढ (बारा) । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना..
झापाको बुद्धशान्तिमा आमाले गरिन् पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास
५ फागुन, झापा । श्रीमान् परस्त्रीसँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति साढे ८ बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैले आगो लगाएकी थिइन् । स्थानीयले देखेर तत्काल आगो निभाएका थिए । राति ९ ः२० बजे इलाका प्रहरी कार्यालय बुधबारेको टोली..
लघुवित्तमा महिलाको सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा प्रभाव पार्छंः अर्थामन्त्री महत
५ फागुन, काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । उनले भने,..
नेपाल मेडिकल कलेजले माग गर्याे भारी मात्रामा विशेषज्ञ चिकित्सक
५ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग..
फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
५ फागुन, रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७