मिटरव्याज पीडित काठमाडौँमाः आज बालुवाटार घेराऊको योजना

मिटरव्याज पीडित काठमाडौँमाः आज बालुवाटार घेराऊको योजना


९ फागुन, काठमाडौं । विभिन्न २८ जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन् । उनीहरु विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेरा उगर्ने भएका छन् ।

करिब तीन हजारको संख्यामा रहेका उनीहरु पैदलै काठमाडौं प्रवेश गरेका हुन् । उनीहरुले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

उनीहरुले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन् । महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरुको घोषणा थियो । मिटर व्याज पीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।

पीडित पुनम महतका अनुसार आज अपराह्न बालुवाटर घेराउको योजना बनाइएको छ । “हामी अहिले त्रिभुवन पार्कमा आइपुगेका छौँ,” उनले भनिन्, “हामीले आजै बालुवाटार घेराऊको योजना बनाएका छौँ ।”

 

प्रतिक्रिया:

सम्बन्धित खवर