स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश

२६ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ । लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो । यसअघि सर्वाेच्चले निर्वाचन नरोक्न अन्तरिम अल्पकालीन आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो । स्काउटको निर्वाचन भोलीका लागि तय भएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी..

कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त

२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो । कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला..

दमकमा ए र बी डिभिजनको प्रतियोगिता हुदै

२६ माघ,  दमक । झापाको दमकमा 'ए' डिभिजन र 'बी' डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आयोजक दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलले हलको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । खेल फागुन ४ र ५ गते दुई दिन चल्ने छ । प्रत्येक वार्षिकोत्सवको अवसर लगायत विभिन्न समयमा धेरै प्रतियोगिता गराइसकेको तिलुङ्छा हलले दोस्रो वार्षिकोत्सवमा 'बी' डिभिजन सहित सुपर भेट्रान(५५ वर्ष माथि) आयोजना गरेको थियो..

गिरी बन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर

२५ माघ, झापा । झापाको विर्तामोड नगरपालिकामा रहेको गिरी बन्धु टी स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर भएको छ । तत्कालीन ओली सरकारले जग्गा सट्टाभर्ना गर्न दिने भनेर गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएको हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो । सर्वाेच्च अदालतले फैसलामा भनेको छ,..

इलामको सहरी क्षेत्रमा चराको लागि पानीको व्यवस्थापन गरिने

२५ माघ, इलाम । प्राकृतिक रुपमा रहेका पानीका मुहान सुक्दै गएपछि इलामका सहरी क्षेत्रमा चराहरुको लागि पानीको व्यवस्थापन गरिने भएको छ । डिभिजन वन कार्यालयले इलामको सदरमुकाम इलाम बजारमा चराहरुका लागि पानी व्यवस्थापनको योजना कार्यान्वयन गर्न लागेको हो । सहरी क्षेत्रमा चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम चालु आर्थिक वर्षमा डिभिजन कार्यालय इलामले कार्यान्वयन गर्ने योजना बनाएको छ । डिभिजन कार्यालयमा यो कार्यक्रम संचालनका लागि ५ लाख रुपैयाँ बजेट रहेको..

बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने

२५ माघ, झापा । झापाको बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फाल्गुनमा महोत्सव आयोजना गर्न लागिएको हो । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास..

वृद्धभत्ता लिन हिडेका वृद्धको बाटोमै मृत्यु

२५ माघ, सोलु । सोलुखुम्बुमा वृद्धभत्ता लिन हिडेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली

२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’ आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै..

संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो..