एमालेले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

६ फागुन, काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो । जसपा नेतृत्वको सरकारमा सुरुवातमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस..

चितवनमा दूध पोखेर आन्दोलन

६ फागुन, चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला..

इलाम २ मा उपनिर्वाचनको चहलपहल, रणनीति बनाउँदै दलहरु

६ फागुन, इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ। मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ। संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो। उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर..

नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन

६ फागुन, झापा । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् । हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका युवराज हाल भारतको मेघालयस्थित माहात्म गान्धी युनिर्भसिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वास्वास्थ्य सम्वन्धि अध्ययन गरिरहेका छन् । झापामा रहेका विभिन्न आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले दाहालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो..

बगदाद जाने आर्चरी टोलीको बिदाइ

६ फागुन, काठमाडौं ।  नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि ६ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ । सहभागी हुने खेलाडीमा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे । त्यस अवसरमा..

शिवसताक्षी नगरपालिकाका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान

६ फागुन, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गरेका छन् । इ हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज बनाउन र नगरबाट..

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने

६ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् ।..

फिफ्टिन्स रग्वी च्याम्पियनसिप आजदेखि

६ फागुन, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा आजदेखि फागुन १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुँदै छ । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने छन् । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् । उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र..

बिल पेश भएको ४८ घण्टामै पुनम श्रेष्ठलाई उपचार खर्च निकासा

६ फागुन, काठमाडौँ ।  चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते हुनु भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरी दिएको छ । खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराउनु भएको थियो । निवेदन दर्ता..

जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जाँदै

६ फागुन, कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली जाँदैछन । एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जान लागेका हुन । एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन । एमाले कैलालीको आइत र..