समाचार
इलाममा नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिनेलाई ५० हजारका दरले जरिवाना
५ फागुन, इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्याेदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए । जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो,..
२४ घण्टाको समयभित्र प्रकाश ज्वालालाई बर्खास्त नगराए संसद अबरुद्ध गर्ने धम्की
५ फागुन, काठमाडौँ । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि..
‘जसपा’ले पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै
५ फागुन, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् । सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका..
उच्च शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण
३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”,..
दमकका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
२९ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो। पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष..
पत्रकार महासंघको कार्यक्रममा सभामुख र सन्चारमन्त्री सहभागी नहुने
२८ माघ, काठमाडौं ।नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले आज गर्ने भनेको 'अग्रज अनुहार' पुस्तक बिमोचन कार्यक्रम प्रभावित हुने भएको छ । सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवा: पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेसँगै कार्यक्रम प्रभावित हुने भएको हो । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत..
रोङ गाउँँपालिकामा अभिभावकहरुलाई पढाउन सुरु
२६ माघ, इलाम । इलामको रोङ गाउँँपालिकाले अभिभावकहरुलाई पढाउन सुरु गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको हो शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । “सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला र दुई सय ९५ पुरुष सहभागी हुनुभयो”, स्याङ्बोले भने,..
‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)
२६ माघ, काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल..
ब्याचलर मास्टर्स गर्नलाई बेलायत र अमेरिका जाने तयारीमा हुनुहुन्छ ?
२६ माघ, काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार पछिल्लो समय ब्याचलर र मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको संख्या बढ्दो..
सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु
२६ माघ, इलाम । हिमपातले अवरुद्ध भएको इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु गरिएको छ । पाँचदिनको निरन्तर प्रयास पछि हिमपात र हावाहुरीले ढलेका पोल र चुडिएका तारहरुको मर्मत गरि विद्युत सेवा सुचारु गरिएको हो । प्रदेश प्रमुख पर्यटकीय गन्तव्य इलामको सबैभन्दा उच्च भागमा हिमपात र हावाहुरीका कारण विद्युतका तार र पोलहरु ढलेका थिए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले सन्दकपुर गाउपालिकाको पर्यटकीय स्थल सन्दकपुर, कालपोखरी,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७