विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै ‘सुरुवात’

७ फागुन, भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई  यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका..

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

७ फागुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध,..

भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग

७ फागुन, काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो । आप्रवासनमा देखिएका विभिन्न समस्यामाथि गहन छलफल र विश्लेषणपछि काठमाडौं घोषणापत्र जारी गर्दै यी संघसंस्थाले सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरूले गरिबी, जलवायु..

‘रास्वपा’ले गर्यो कर्णाली प्रदेशका सबै कमिटी विघटन

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । साथै कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक..

गोर्खाली रग्वी र एपीएफको जित

७ फागुन, काठमाडौं । आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।दोस्रो खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको..

देउवाले दिए गठबन्धन नगर्ने प्रतिवेदन सच्चाउन गगन थापालाई दबाब

७ फागुन, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन सभापति देउवाले दबाब दिइरहेका छन् । तर महामन्त्री..

अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न ट्रम्प र हेलीको प्रतिस्पर्धा जारी

७ फागुन, काठमाडौं । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझै चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहौल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् । एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व..

राष्ट्रिय प्रजातन्त्र दिवसः टुँडिखेलमा विशेष समारोह

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक..

एकदिवसीय खेलमा नेपाल ‘ऐ’ क्यानडा–११ सँग ४ विकेटले पराजित

६ फागुन, काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ । नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । क्यानडा ११ का लागि नवनित दलिवालले ८० रनको आक्रामक पाली खेले । ७६बलको सामना गरेका उनले १० चौका ३ छक्का हिर्काए । त्यस्तै निखिल दत्तले ११५ बलमा ६७ रन जोड्दा ५ चौका र..

कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डा बनाउन १४ जिल्ला सभापतिहरुले गरे माग

६ फागुन, काठमाडौँ । भोलिबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका १४ जिल्ला सभापतिले महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् । विज्ञप्तिमा विष्णु कुमार राई (सभापती, खोटाङ) हिमाल कार्की (सभापती, उदयपुर) देउ कुमार थेवे (सभापती, झापा) नामगेल जाङबु शेर्पा, डिग बहादुर लिम्बु (सभापती, मोरङ)..