समाचार
एमालेको निषेध छल्दै विद्यालाई भेट्न मोरङमा नेताहरुको लर्को
विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका..
दमक बालुवाटारको ८ सय रोपनी जग्गा व्यक्तिमा लैजाने माओवादी नेता गगनसहित ९ जना भ्रष्टाचारी ठहर
२८ साउन, काठमाडौं । विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा माओवादीका स्थानीय नेता गगन पुरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गगन भनिने रेवतराज पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना गरेको छ । पुरीसँगै ९ जनालाई भ्रष्टाचारको आरोपमा कसुरदार ठहर गरेको हो । विशेष अदालतले व्यक्तिको नाममा दर्ता भएको झण्डै ८०० रोपनी जग्गा जफत (सरकारीकरण हुने)..
खोलामा डुबेर दमकका ११ वर्षीय बालकको मृत्यु
२९ साउन, झापा । घरनजिकै रहेको भालु खोलामा डुबेर दमकका ११ वर्षीय बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक–१० जहदा बस्ने इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई रहेका छन् । उनीसंगै सोही ठाउँ बस्ने कृष्णप्रसाद ढकालको छोरा ११ वर्षकै भुपेन्द्र ढकाल घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए । त्यसक्रममा धर्मेन्द्रलाई खोलाले बगाएको स्थानीयले बताएका थिए । बालकलाई बगाएको स्थानीयले देखेर ५..
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त
२८ साउन, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ..
नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो
२७, साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय खैरहनीका प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका छन् । आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख लम्सालको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए । ‘दुई जनाले आएर कालोमोसो छ्यापेर भागेछन्, उनीहरुको खोजी जारी छ,’ एसपी पुरीले भने, ‘पहिचान पनि..
माङसेबुङमा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न
२४ साउन, इलाम । माङसेबुङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङ्सेबुङ गाउँपालिकाका जनप्रतिनिधी, मातृभाषिक संस्थाका प्रतिनिधी, कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा शुक्रवार अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई यायोक्खा केन्द्रिय समितिका उपमहासचिव कृष्ण खालिङ राईको प्रमुख आतिथ्तामा भएको छलफलमा भएको हो । माङ्सेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,..
रोकेर राखेको ट्रकमा आगलागी
२८ साउन, झापा । झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । सोमबाराती १२ः४५ बजे दमक–३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे..
इजरायलले हत्या गरेका पत्रकारले मृत्युअघि संसारका मान्छेलाई लेखेको हृदयविदारक पत्र
अल-जजेरा । इजरायलले हत्या गरेका अल जजीराका चर्चित पत्रकार अनस अल शरिफ कुनै पनि बेला आफू मारिन सक्नेमा सचेत थिए । इजरायलले उनलाई निशाना यसकारण बनाइरहेको थियो कि गाजामा भइरहेको जातीय नरसंहार अनि त्यहाँ महिला बालबालिकाको विभत्स हत्याको सचित्र वर्णन गरेर संसारलाई जानकारी गराउने उनी अग्रमोर्चाका पत्रकार थिए । उनको रिपोर्टिङले गर्दा इजरायलप्रति विश्वभर घृणा उत्पन्न गराइरहेको थियो, जसबाट आफ्नो युद्ध अपराध लुकाउन सकेको थिएन । शरिफले गत अप्रिल महिनामै..
झलनाथ भेट्न पुगे वामदेव
२४ साउन, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन् । खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ । नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन् । अध्यक्ष माधव नेपालसँग नेता खनालको वाक युद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी..
पर्यटक पर्खदै तुम्लिङ
इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा रहेको तुम्लिङ नेपाल, भारत हुँदै युरोपसम्मका पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहबाट २ हजार नौ सय ७० मिटरको उचाइमा रहेको तुम्लिङ गुरुङ समुदायको बाहुल्य भएको रमणीय स्थान हो ।तुम्लिङको मुख्य आकर्षण भनेको आँखै अगाडि देखिने कञ्चनजंघा हिमश्रृङ्खला हो । यसका साथै, लोत्से, सगरमाथा लगायत दर्जनौं हिमालहरू पनि यहाँबाट देख्न सकिन्छ । भारतीय सीमामा पर्ने सिंहलिला राष्ट्रिय निकुञ्ज नजिकै भएकाले चराविज्ञ..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७