माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै

माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ । भदौ २४  देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच सहित प्लेयर अफ दटुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउने छन् ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराकासाथ सञ्चालन गर्न लागिएको प्रतियोगिताले समग्रमाङसेबुङलाई फाइदा पुग्नु पर्ने तर्क राख्छन् युवा संघ माङसेबुङअध्यक्ष राज कुमार साम्बा । साम्बा भन्छन-“लामो समय इलामक्षेत्र नम्बर दुईको नेतृत्व सम्हालेका सुवास नेम्बाङ एक भद्र रशालीन नेता थिए । महेन्द्र रत्न क्याम्पस इलामको प्रथम स्वतन्त्रविद्यार्थी युनियनको अध्यक्ष, सबैले मन पराएका एक कुशलराजनीतिज्ञ आज हामी माझ नरहे पनि उहाँको स्मृतिमा योप्रतियोगिता गर्न लागेका छौ । योप्रतियोगिताले स्थानीय स्तरमाटेवा पुग्नेमा हामी आशावादी छौ । यसलाई सफल बनाउन सबैलेआफ्नो ठाउँबाट साथ र सहयोग गरिदिनहुन अनुरोध छ ।“

प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिलेजानकारी दिए । समितिका अनुसार सहभागी टिमहरुधमाधम सम्पर्कमा आइरहेको छ । भदौ २० गते बिहान ११:०० बजे खेल तालिका सार्वजनिक गर्ने उद्देश्य राखेका समितिले १९ गते साँझसम्म इन्ट्रि गर्ने समय रहेको बताएका छन् । 

प्रतिक्रिया:

सम्बन्धित खवर