समाचार
ज्ञानेन्द्रको नातिलाई ‘भोटेकुकुरको छाउरो’को संज्ञा
काठमाण्डौँ । जुम्ला भ्रमणको स्थलगत भिडियो बनाएर सामाजिक सञ्जालबाट प्रसारण गरेपछि पूर्वनवयुवराज हृदयेन्द्र शाहमाथि माओवादी सांसद छिरिङ ल्हामु लामाले गालीगलाैज गरेकी छन् । शाहले हालै जुम्ला भ्रमणको भिडियो सामग्री सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । भिडियोबारे धेरैले प्रशंसा गरे पनि माओवादीकी समानुपातिक सांसद लामाले भने कडा आक्राेश पोखेकी हुन् । उनले हृदयेन्द्रलाई भोटेकुकुरको छाउरोको संज्ञा दिँदै स्टन्टका लागि बनाएको एउटा भिडियोले शाहवंशीय राजाहरूले जुम्लामाथि गरेको दोहनको ऋण चुक्ता नहुने दाबी गरेकी छन्..
रुपन्देही कारागारले भन्यो– रविलाई विभेद गरिएको छैन
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कुनै पनि किसिमको विभेद नगरिएको रुपन्देही कारागार प्रशासनले स्पष्ट पारेको छ । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले लामिछानेलाई अन्य कैदीहरूले पाउने सेवा-सुविधामा विभेद नगरी समान सुविधा दिइएको जनाएको हो । विज्ञप्तिमा उल्लेख छ, 'अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ', प्रशासनले लामिछानेले..
नेपाल आदिवासी जनजाति महासंघ इलामद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
इलाम । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, इलामले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्र मार्फत महासंघले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयनमा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ। महासंघका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, नेपालले सन् २००७ मा “आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र” स्वीकार..
इलाममा सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा तालाबन्दी
इलाम । इलाममा रहेको सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थानान्तरण गर्न खोजिएको विरोधमा शुक्रबार इलाम स्थित कार्यालयमा तालाबन्दी गरिएको छ। तालाबन्दीको अगुवाई निर्माण व्यवसायी संघ इलामले गरेको हो भने कार्यक्रममा उद्योग वाणिज्य संघ इलाम, होटल व्यवसायी संघ, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले आयोजनाको कार्यालय इलाममै आवश्यक रहेको भन्दै अन्यत्र सार्ने प्रयासप्रति कडा आपत्ति जनाए । उनले..
प्रधानमन्त्री ओलीको चासोपछि ‘रोङ ब्रान्ड’ले पायाे देशव्यापी चर्चा
इलाम । पूर्वी नेपालस्थित इलामको रोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई ‘रोङ ब्रान्ड’ मार्फत बजारमा ल्याएपछि यसको लोकप्रियता देश–विदेशमा फैलिएको छ। कृषिमा आधारित अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यसहित गाउँपालिकाले स्थानीय स्रोत र श्रमको प्रयोग गर्दै उत्पादकमुखी अभियान अघि बढाएको हो। गाउँपालिकाले किसानबाट उत्पादित बेसार, सिस्नु, गुन्द्रुक, करेलाको सुकुटी, मह, अचार, पानी लगायतका वस्तुहरू प्रशोधन गरी ‘रोङ ब्रान्ड’ नाममा व्यावसायिक रूपमा बजारमा पठाएको हो। यसका लागि किसानलाई तालिम, अनुदान, प्रविधि र बजार व्यवस्थापनमा सहयोग..
रुपन्देही–३ उपनिर्वाचन : ठुला दललाई मोर्चाले चुनौती देला ?
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् । खास प्रतिस्पर्धी दल कुन–कुन होलान् ? कांग्रेस, एमाले, रास्वपा, राप्रपा र मधेस केन्द्रित दलहरुबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी सबै दल उम्मेदवार टुंगो लगाउने प्रक्रियामा छन् । मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार..
रुखमा बाँधेर राखेको अवस्थामा वृद्ध मृत फेला, ४ जाना नियन्त्रणमा
२१ साउन, झापा । झापा गाउँपालिका–१ लसुनामा एक वृद्ध मादक पदार्थ सेवन गरी आएपछि छिमेकीहरूले रुखमा बाँधेर राखेको अवस्थामा ती वृद्ध मृत फेला परेका छन् । झापा प्रहरीले दिएको जानकारीअनुसार मंगलबार राति साढे १० बजे स्थानीय ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर छेउ आइपुगेका थिए । घर छेउको गल्लीमा आएर काम्न थालेपछि छिमेकी टुडु लगायत अन्य स्थानीयले मिलेर वृद्धलाई आमको रुखमा प्लास्टिकको डोरीले बाँधेर..
झापामा रोकेको म्याजिक गाडी आफै गुडेर दुर्घटना, ६ जना यात्रु घाइते
झापा । झापाको कमल गाउँपालिका–५ स्थित लवडाँडामा एक म्याजिक गाडी आफैँ गुडेर सडकबाट तल झरेपछि दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन्। दमकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ज ३०२४ नम्बरको म्याजिक गाडी आज साँझ करिब ६:२० बजे दुर्घटनामा परेको हो। गाडीका चालक गौरादह–५ का ४० वर्षीय हेमन्त खड्का गाडी रोकेर सामान लिन तल झरेको बेला म्याजिक अचानक गुडेर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मेची करिडोरः झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्न छोटो सडकको विकल्प
इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर–सुभारम्भ–एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो । पुल नहुँदा विगतमा..
इलामकी अखिल नेतृ सौरबीलाई TSAN राष्ट्रिय कमिटी ईन्चार्जको जिम्मेवारी
१६ साउन, इलाम । अनेरास्ववियुले सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुको कार्य विभाजन गरेको छ । गत असार १४ देखी १६ गतेसम्म धुलिखेलमा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको अध्यक्षतामा र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न केन्द्रिय सचिवालय बैठकले विद्यार्थी नेताहरुको कार्यविभाजन गरेको हो । इलामबाट सचिवालय सस्यमा निर्वाचित एकमात्र विद्यार्थी नेतृ सौरवी सुनुवारले सान राष्ट्रिय कमिटी TSAN (Technical Students Association Of Nepal) को ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकी छिन् ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७