सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत..

बागमतीमा नयाँ सरकार गठनको विकल्प के हुन्छ ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रियामा अन्योल देखिएको छ । तर कांग्रेस नेतृत्वले बालुवाटार पुगेर यो समस्याको निकास दिने जानकारी एमाले नेतृत्वलाई गराएको छ । तर, दलभित्रै सहमति नजुट्दा सहजै मुख्यमन्त्रीको कुर्सी हस्तान्तरण नहुने अवस्था छ । लामा गत वर्ष साउन ८ गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसैले संवैधानिक बाध्यताअनुसार राजीनामा नदिएमा अविश्वास..

इलाममा धान रोपाइँ ७४ प्रतिशतमा सीमित (भिडियो सहित)

इलाम ।  इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ गर्न नसकेपछि उहाँ आकासतिर हेर्दै पानीको प्रतीक्षामा छन् । ‘समयमा पानी नपर्दा रोपाइँ गर्न पाइएन..

निर्माण व्यवसायीद्वारा २२ करोड भुक्तानी नपाएको गुनासो

झापा । दुई वर्षअघि सम्पन्न भएका योजनाको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा मंगलवार ज्ञापन–पत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले भुक्तानीको पहलको माग गर्दै ती कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । आर्थिक वर्ष २०८०-०८१ मै काम सम्पन्न गरिएको झापा र इलामका करिब ३४ वटा योजनाको २२ करोड भुक्तानी व्यवसायीले लिन बाँकी रहेको निर्माण..

डा. प्रेम फ्याकद्वारा महेन्द्रोदय माविमा एक लाख ५० हजारको अक्षय कोष स्थापना

इलाम । इलामको माङसेबुङमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रूपैँया प्रदान गरेको छन् । उनले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन् । अक्षय कोषबाट प्राप्त हुने व्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने,शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा..

‘हायु’ परिवारको निर्णय लोपोन्मोख समुदायको राज्यप्रतिको मौन प्रतिवाद हो: सौरवी सुनुवार

  १३ साउन, काठमाण्डौ । सिन्धुलीको गोलन्जोर–६ का १६ जना हायू परिवारका सदस्य पोखरा चुपचाप पुगे।हल्ला चल्यो बेपत्ता भए कतै भनियो घुम्न गएका हुन्। तर वास्तविकता के थियो। उनीहरू पोखरा पुगेर, होटलमा बसे पछि दुई स्थानीयको घरमा शरण लिए। प्रहरीका अनुसार बिरामी पर्छौं, काम छैन, उपचार छैन, आर्थिक कमजोर छ, गाउँमा बस्न गाह्रो छ त्यसैले पोखरामा काम खोज्दै बस्ने निर्णय गरेका हौं भनेका छन्। यो एउटा परिवारको निर्णयको रूपमा लिने..

भ्रष्टाचारको फाईल खोल्न थालेपछि अख्तियार प्रमुख राई विरुद्ध श्रृखलाबद्ध प्रोपोगान्डा

काठमाडौं  । गत ७ साउन २०८२ मा विशेष अदालतले वाइडबडी विमान किन्दा भएको भ्रष्टाचार मुद्दाको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्याे । अख्तियारले २२ चैत २०८० मा २४ जना नेपाली अधिकारी र ८ विदेशी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २० मंसिर २०८१ मा फैसला दिएको थियो । समान्यतय विशेष अदालतले सार्वजनिक गर्ने फैसलाको पूर्ण पाठहरु..

धानको बिउ उखाल्ने क्रममा झापामा गर्मीले एकको मृत्यु

१० साउन, झापा । झापाको बिर्तामोडमा धानको बीऊ उखाल्ने क्रममा बेहोस भएर ढलेका एक ब्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारीस्थित खेतमा धानको बीऊ उखाल्ने क्रममा स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल शनिबार दिउसो खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए । आफन्तजनले उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए । तर, अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । रिजालको शव पोस्टमार्टमका लागि भद्रपुर..

पूर्वीनाका काँकडभिट्टाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात

१० साउन, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१।८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०–८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उहाँले..

झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि ‘डग स्न्यापिङ’

९ साउन, झापा । झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि दुई वटा कुकुरबाट ‘डग स्न्यापिङ’ गरिएको छ । बिहीवार प्रदेश प्रहरी कार्यालय ‘के नाईन’ शाखा धरानको टोलीले मेचीनगरको विभिन्न स्थानमा पहिचानको काम गरेको थियो । बिहीवार साँझ झापा मेचिनगर ९ झोडास्थित क्षेत्रबाट पहिचानको काम सुरु गरिएको थियो । टोलीले मेचीनगर –९ झोडा, लिलाबस्ति, खुट्टिडाँगि, वडा नं. १० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा डग स्नापिङ गरिएको झापा प्रहरीले..