समाचार
रुपन्देही–३ उपनिर्वाचन : ठुला दललाई मोर्चाले चुनौती देला ?
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् । खास प्रतिस्पर्धी दल कुन–कुन होलान् ? कांग्रेस, एमाले, रास्वपा, राप्रपा र मधेस केन्द्रित दलहरुबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी सबै दल उम्मेदवार टुंगो लगाउने प्रक्रियामा छन् । मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार..
रुखमा बाँधेर राखेको अवस्थामा वृद्ध मृत फेला, ४ जाना नियन्त्रणमा
२१ साउन, झापा । झापा गाउँपालिका–१ लसुनामा एक वृद्ध मादक पदार्थ सेवन गरी आएपछि छिमेकीहरूले रुखमा बाँधेर राखेको अवस्थामा ती वृद्ध मृत फेला परेका छन् । झापा प्रहरीले दिएको जानकारीअनुसार मंगलबार राति साढे १० बजे स्थानीय ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर छेउ आइपुगेका थिए । घर छेउको गल्लीमा आएर काम्न थालेपछि छिमेकी टुडु लगायत अन्य स्थानीयले मिलेर वृद्धलाई आमको रुखमा प्लास्टिकको डोरीले बाँधेर..
झापामा रोकेको म्याजिक गाडी आफै गुडेर दुर्घटना, ६ जना यात्रु घाइते
झापा । झापाको कमल गाउँपालिका–५ स्थित लवडाँडामा एक म्याजिक गाडी आफैँ गुडेर सडकबाट तल झरेपछि दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन्। दमकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ज ३०२४ नम्बरको म्याजिक गाडी आज साँझ करिब ६:२० बजे दुर्घटनामा परेको हो। गाडीका चालक गौरादह–५ का ४० वर्षीय हेमन्त खड्का गाडी रोकेर सामान लिन तल झरेको बेला म्याजिक अचानक गुडेर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मेची करिडोरः झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्न छोटो सडकको विकल्प
इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर–सुभारम्भ–एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो । पुल नहुँदा विगतमा..
इलामकी अखिल नेतृ सौरबीलाई TSAN राष्ट्रिय कमिटी ईन्चार्जको जिम्मेवारी
१६ साउन, इलाम । अनेरास्ववियुले सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुको कार्य विभाजन गरेको छ । गत असार १४ देखी १६ गतेसम्म धुलिखेलमा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको अध्यक्षतामा र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न केन्द्रिय सचिवालय बैठकले विद्यार्थी नेताहरुको कार्यविभाजन गरेको हो । इलामबाट सचिवालय सस्यमा निर्वाचित एकमात्र विद्यार्थी नेतृ सौरवी सुनुवारले सान राष्ट्रिय कमिटी TSAN (Technical Students Association Of Nepal) को ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकी छिन् ।..
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत..
बागमतीमा नयाँ सरकार गठनको विकल्प के हुन्छ ?
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रियामा अन्योल देखिएको छ । तर कांग्रेस नेतृत्वले बालुवाटार पुगेर यो समस्याको निकास दिने जानकारी एमाले नेतृत्वलाई गराएको छ । तर, दलभित्रै सहमति नजुट्दा सहजै मुख्यमन्त्रीको कुर्सी हस्तान्तरण नहुने अवस्था छ । लामा गत वर्ष साउन ८ गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसैले संवैधानिक बाध्यताअनुसार राजीनामा नदिएमा अविश्वास..
इलाममा धान रोपाइँ ७४ प्रतिशतमा सीमित (भिडियो सहित)
इलाम । इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ गर्न नसकेपछि उहाँ आकासतिर हेर्दै पानीको प्रतीक्षामा छन् । ‘समयमा पानी नपर्दा रोपाइँ गर्न पाइएन..
निर्माण व्यवसायीद्वारा २२ करोड भुक्तानी नपाएको गुनासो
झापा । दुई वर्षअघि सम्पन्न भएका योजनाको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा मंगलवार ज्ञापन–पत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले भुक्तानीको पहलको माग गर्दै ती कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । आर्थिक वर्ष २०८०-०८१ मै काम सम्पन्न गरिएको झापा र इलामका करिब ३४ वटा योजनाको २२ करोड भुक्तानी व्यवसायीले लिन बाँकी रहेको निर्माण..
डा. प्रेम फ्याकद्वारा महेन्द्रोदय माविमा एक लाख ५० हजारको अक्षय कोष स्थापना
इलाम । इलामको माङसेबुङमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रूपैँया प्रदान गरेको छन् । उनले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन् । अक्षय कोषबाट प्राप्त हुने व्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने,शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७