बंगलादेशमा युवा–विद्यार्थीको आन्दोलनले ८५ वर्षे महमद युनिशलाई सत्तामा पुर्याएजस्तै नेपालमा पनि जेनजी आन्दोलनको भावना विपरित हजुरबाु पुस्ताकै व्यक्ति सत्तामा पुग्ने सम्भावना देखिएको छ । जेनजीको भर्चुअल बैठकमा जारी भावी प्रधानमन्त्रीबारेको छलफल र आन्तरिक मत सर्वेक्षणले त्यस्तो देखाएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण नतिजाअनुसार आज उनीहरूवीच भएको भर्चुअल मतदानमा उच्च अदालतमा कानुनी पेशारत र सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार डा.रामकृष्ण तिमल्सेनाका छोरा ूर्याण्डम नेपालीूभनी चिनाउने रास्ट्र बिमोचन तिमिल्सिनाले २६ प्रतिशत भोट पाएका छन् । ७ हजार ७११ कूल मतमध्ये उनले २०२१ मत पाएको जनाइएको छ ।
पहिलोमा सर्वाेच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ५० प्रतिशत अर्थात ३८ सय ३२ मत परेको छ । यसरी नै धरान उपमहानगर मेयर हर्क साम्पाङ्गले ४८७ (६ प्रतिशत),गत निर्वाचनमा डडेल्धुराबाट शेरबहादुर देउवासंग पराजित सागर ढकालले १०९८ (१४ प्रतिशत) र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २७३ (४ प्रतिशत) मत पाएका छन् । जेन जी टोलीले भोलि सुशीला कार्कीसङ्ग बसेर उम्मेदवारीवारे घनिभूत छलफल गर्ने बताइएको छ ।
यसअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साह,नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङ, सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम पनि चर्चामा थियो । तर,अहिले बालेन्द्रले फोन नउठाएको र अरु दुई जनाले नेतृत्वमा आकांक्षा नराखेको बुझिएको छ ।