समाचार
अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ..
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, उपमहासचिव भन्छन्- सम्भवतः चाँडै हामी महाधिवेशन गर्दै छौँ
काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दै छौँ । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’..
इलाममा चिया टिप्ने श्रमिकको अभाव
इलाम । श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिइरहेका छन् । पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएको बताएका हुन् । दैनिक ११ श्रमिकले टिप्ने चिया, एउटा मेसिनले एकै दिनमा टिप्ने गरेकाले मेसिन प्रयोग निकै सस्तो भएको किसानको अनुभव छ । ‘मेसिन प्रयोग गर्दा दुईजनाले काम गर्ने र काम पनि धेरै..
प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन कांग्रेस–एमालेसहित ८ दलको माग
काठमाण्डौँ । कांग्रेस –एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका छन्। रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।
मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया नष्ट
इलाम । भदौ २४ मा जेन–जेड आन्दोलनक्रममा प्रदर्शनकारीले मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया जलेर नष्ट भएको छ । निर्यातका लागि भन्सार पुगेको इलामका पाँच कारखानाको चिया जलेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्रीअन्तु, गोर्खा र दाजु–भाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा नष्ट भएको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए । ‘आन्दोलनक्रममा बन्द भएका चिया कारखाना अब..
जेन जीको नेतृत्व घुमिफिरी ‘बा’ पुस्तामै
बंगलादेशमा युवा–विद्यार्थीको आन्दोलनले ८५ वर्षे महमद युनिशलाई सत्तामा पुर्याएजस्तै नेपालमा पनि जेनजी आन्दोलनको भावना विपरित हजुरबाु पुस्ताकै व्यक्ति सत्तामा पुग्ने सम्भावना देखिएको छ । जेनजीको भर्चुअल बैठकमा जारी भावी प्रधानमन्त्रीबारेको छलफल र आन्तरिक मत सर्वेक्षणले त्यस्तो देखाएको हो । सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण नतिजाअनुसार आज उनीहरूवीच भएको भर्चुअल मतदानमा उच्च अदालतमा कानुनी पेशारत र सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार डा.रामकृष्ण तिमल्सेनाका छोरा ूर्याण्डम नेपालीूभनी चिनाउने रास्ट्र बिमोचन तिमिल्सिनाले २६ प्रतिशत..
प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक
२० भदौ, इलाम । प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक भएको छ । माङसेबुङ वडा नम्बर ४ को खेलमैदानमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने बताईएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउकमिटीको अयोजनामा हुने सो फुटबल प्रतियोगिता आगामी भदौ २४ गते देखी २७ गतेसम्म संचालन हुने अध्यक्ष राजकुमार सावाले बताए ।
माङसेबुङमा रहेको ऐतिहासिक ढुङ्गाको तीन चुला
माङसेबुङ । इलामको माङसेबुङ ३ साबिकबाँझो ७को ऐतिहासिक ठाडो मूल बाटो हिँड्दा भेटिन्छबाटोमैठूलठूलो ढुङ्गाको तीन चुला । हेर्दा लाग्छ यो कसैलेढुङ्गा गाडेरबनाएको चुला हो । तर यसको कथा बेग्लै छ ।स्थानीयजानकारहरुका अनुसार यो ढुङ्गाको चुलाप्राकृतिक हो । स्थानीयवृद्धवृद्धाहरु समेत आफूले जान्दाढुङ्गाको चुला सोही आकृतिमारहेको बताउँछन् । उहिलेकोसमयमा यति ठूलो ढुङ्गा मानिसलेगाडेर चुला बनाउनसम्भव नै नहुने स्थानीय पाका मानिसहरुकोबुझाइ छ । नत अहिलेको जस्तो प्रविधि र उपकरण नै उपलब्धथिए । पश्चिमी इलाम सहित पाँचथरको पश्चिम दक्षिणभेगकामानिसहरुको..
माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ । भदौ २४ देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच..
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो । सोमबारदेखि लागू हुने गरी डिजेलरमट्टितेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल. पि...



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७