समाचार
कोशी प्रदेशका एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालयमा
२६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक..
पार्टी विभाजन भए पनि सरकारको समर्थन कायमै छ- उपेन्द्र यादव
२६ बैशाख । जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् । बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।” उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए..
पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा
२६ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध दोस्रो लेगमा १–० को जित निकाल्दै बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थानमा बनाएको छ । मंगलबार पीएसजीकै मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन माट्स हम्मेल्सले गरेको गोल निर्णायक बन्यो । उनले ५०औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा..
सुहाङले गरे शपथ ग्रहण
२६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख..
शिवसताक्षी नगरपालिकाले गर्यो श्रमिकलाई सम्मान
२६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो । नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा..
चोरको रड प्रहारबाट बिर्तामोडमा एक वृद्धाको हत्या
२६ वैशाख । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन् –त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले..
सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
२६ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा..
सुनकोशी–मरिण डाइभर्सन आयोजनाका बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रुलाई प्रत्यक्ष अवलोकन गर्न सिन्धुली पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री, मन्त्री लगायतको उपस्थितिमा आज बिहान साढे १० बजे सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ..
नेपालीको औसत आयु ४० वर्षमा २१.५ वर्षले बढ्यो
२५ बैशाख । पछिल्लो ४० वर्षमा नेपालीको औसत आयु २१.५ वर्ष बढेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार गरेको राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरुमा उक्त तथ्य भेटिएको हो । राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा २०७८ सालसम्म नेपालीको औसत आयु ७१.३ वर्ष रहेको उल्लेख छ । पछिल्लो जनगणनाले नेपाली महिलाको औसत आयु ७३.८ वर्ष र पुरुषको औसत आयु ६८.२ वर्ष..
नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाउने अर्थमन्त्रीको प्रतिबद्धता
२५ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने बताएका छन् । बैंक तथा वित्त क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन् । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उनको भनाइ छ । ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७