चोरको रड प्रहारबाट बिर्तामोडमा एक वृद्धाको हत्या

२६ वैशाख । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन् –त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले हिर्काएर हत्या गरेको हुन सक्छ।

राती अबेरसम्म छोरासँग कुरा गरेर बस्नुभएको थियो, चोर आयो भन्ने पनि कुरा भएको थियो । विहान दुखद् घटना सुन्नु परेको छ, एक जनाले भने । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270