अर्थमन्त्री पुन भन्छन्- नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ

३ जेठ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च..

सन्दीपलाई विश्वकपमा लैजान पहल सुरु, फिटनेस टेस्ट लिइने

३ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो । आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी..

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

३ जेठ । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ भने..

शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश

  ३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी..

दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

२६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् । बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन् । अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

२६ बैशाख । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले–माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए..

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक

२६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । अर्काे बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उनले बताए । यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत..

त्रिभुवन विमानस्थलभित्र पस्यो भल

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए । ‘एक्कासि ठूलो पानी पर्‍यो, ड्रेनेज थुनिएछ, त्यसपछि पानी विमानस्थलभित्र छिरेको देखियो । जहाँबाट पानी छिर्‍यो, यो दुई..

राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि

२६ वैशाख । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेस्नल नेपाल २०२४ को उपाधि जितेका छन्। धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका हुन्। यो संगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेस्नल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रस्थान गर्नेछन्। यसअघि उनले ब्युटि प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए। धिरोज..

आज आमाको मुख हेर्ने दिन

२६ वैशाख । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन पर्दछ । मातातीर्थ औंसीका दिन आज आमालाई मनपर्ने चिज दिएर खुशी राख्ने चलन छ । छोराछोरीले विषेशगरी आज आमालाई मनपर्ने मीठा मीठा..