सुहाङले गरे शपथ ग्रहण

सुहाङले गरे शपथ ग्रहण

२६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए ।

नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर