समाचार
ओली भन्छन्- संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो
४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् । उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ..
माङसेबुङ गाउँपालिकाद्वरा नौ विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
३ जेठ । इलामको माङसेबुङ गाउँपालिकाले नौ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । बुधबार माङसेबुङ गाउँपालिकामा एक कार्यक्रम गरी नौ वटा कम्प्युटर र छ वटा प्रिन्टर वितरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुलाई प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। माङसबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को ‘अध्यक्ष विकास कार्यक्रम’ अन्तर्गत कम्प्युटर र प्रिन्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चौहाले बताए । गाउँपालिकाले..
सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत
३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो । प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे । कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए ।..
बाइडेन र ट्रम्प बीच लाइभ बहस हुने
३ जेठ । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो बहसको पहिलो श्रृंखला २७ जुनमा सीएनएनले र दोस्रो श्रृंखला १० सेप्टेम्बरमा एबीसीले आयोजना गर्ने छन् । अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए । बाइडेन डेमोक्रेट र ट्रम्प रिपब्लिकन उम्मेदवार हुन्..
टेबल टेनिस खेलाडी स्यान्टुले पेरिस ओलम्पिक खेल्ने
३ जेठ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएका छन्। बुधबार दक्षिण एशियन क्षेत्रको छनोटको अन्तिम खेलमा संयोग कपालीलाई पराजित गर्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेका हुन्। स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए। छनोटको अन्तिम खेलमा स्यान्टुले ४-३ को सेटमा जित हात पारे। उनले अन्तिम सेटको खेलमा १०–९ स्कोरको जित निकाल्दै..
माधव नेपाल भन्छन्- पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ
३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ..
युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि
३ जेठ । डुसन भ्लाहोभिचको निर्णायक गोलसँगै युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ। स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो। खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै सुनील क्षेत्री
३ जेठ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन्। ३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन्। यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।..
साउनयता झापामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन
३ जेठ । आन्तरिक राजस्व कार्यालय झापाले चालू आर्थिक वर्षको दश महिनामा रु. दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आको साउनदेखि बैशाख मसान्तसम्ममा रु. एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर वापत, रु. ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क वापत र मूल्य अभिवृद्धि कर वापत रु. ८४ करोड ७६ लाख ४० हजार..
सभामुखलाई प्रधानमन्त्रीको फोन
३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद बैठक बस्नु अघि सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गरेका छन् । फोनमा प्रधानमन्त्री दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन् । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए। यसअघि आजको बैठक ११ बजे बोलाइएको थियो । प्रधानमन्त्रीको आग्रहपछि सभामुखले घिमिरेले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७