शिवसताक्षी नगरपालिकाले गर्यो श्रमिकलाई सम्मान

शिवसताक्षी नगरपालिकाले गर्यो श्रमिकलाई सम्मान

२६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो ।

नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा लगायतले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले प्रधानमन्त्री रोजगार कार्यक्रमले नगरका श्रमिकहरुलाई राहत पुगेको बताए । नगर भित्रका गरिब तथा विपन्न समुदायमा आय आर्जन मै कठिनाई भएका बेला कम्तिमा पनि १ दिनको रोजगार पाउने गरेका छन् । त्यसबाट आउने एकमुष्ठ रकमले उनीहरुलाई घर खर्च र छारा छोरीको पठाई खर्च गर्न राहत पुगेको उनको भनाई छ । श्रमिकले सीप सिक्ने मौका पाएका छन् भने, नगरपालिकाले पनि रोजगार कार्यक्रमका श्रमिकहरु मार्फत गराएका विकास निर्माणका काम प्रभावकारी देखिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।

नेपालको संविधानको मैलिक हक अन्तर्गत धारा ३३ रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीको प्रत्याभूति गर्नुका साथै आवश्यक रोजगार सेवा र सहयाता प्रदान गर्न सार्वजनिक पूर्वाधाररुको निर्माण स्तरोन्नती र विस्तारमा योगदान गर्न प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।

स्थानीय सरकारमा उपलब्ध जनशक्तिको सहत्तम उपयोग गर्दै मुलुक भित्र पर्याप्त रोजागरीको अवसर सृजना गरी आर्थिक विकासमा योगदान पुर्याउने गरी सरकारले प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

आ.व. २०८०र०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम काम गर्ने एउटा कामदारले जम्मा ६८ हजार ८ सय रकम प्राप्त गरेका छन् । नगरपालिकाका गरिब तथा विपन्न परिवारका ७० जनालाई नगर विकासका कामहरुमा श्रमिकका रुपमा लगाइएको शिवसताक्षी नगरपालिकाले रोजगार शाखाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर