पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

२६ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध दोस्रो लेगमा १–० को जित निकाल्दै बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थानमा बनाएको छ ।

मंगलबार पीएसजीकै मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन माट्स हम्मेल्सले गरेको गोल निर्णायक बन्यो । उनले ५०औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा डर्टमन्ड १–० ले विजयी भएको थियो ।

डर्टमन्डले अब उपाधिका निम्ति रियाल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ ।

यसअघि डर्टमन्ड सन् २०१२–१३ को सिजन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो । तर, जर्मनीकै अर्काे क्लब बायर्न म्युनिखसँग २–१ ले पराजित भएपछि डर्टमन्ड उपविजेतामा सीमित बनेको थियो । डर्टमन्डले च्याम्पियन्स लिगको उपाधि भने पछिल्लो पटक सन् १९९७ मा जितेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर