समाचार
उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेत होः ओली
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेतको रुपमा भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा..
संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली
२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..
वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित
१९ बैशाख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए..
शिबसताक्षीमा बचत तथा ऋण सहकारी संस्थाका समस्या र चुनौतीमाथि छलफल
१८ बैशाख, झिलझिले । बित्तिय संस्थाहरुमा देखिएका समस्या र चुनौती विषयक मंगलबार झापाको झिलझिलेमा सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा शिबसताक्षीसहित कनकाई, अर्जुनधारा, बाह्रदशी र झापा गाउँपालिकाका सहकारीकर्मीहरुले सहभागिता जनाएका थिए । शिबसताक्षी–८ झिलझिलेस्थित चौतारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सहकारीकर्मीहरुले संस्था सञ्चालनमा देखिएका समस्याहरु र चुनौतीहरुका बारेमा आ–आफ्ना अनुभवहरु राखेका थिए..
राजनीतिले मात्रै देश बन्दैन- प्रदीप ज्ञवाली
१९ बैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिले मात्रै देश नबन्ने बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा सुरु भएको साहित्य सम्मेलन तथा नेपाल भारत गोष्ठीमा बोल्दै उनले राजनीतिले मात्रै देश सम्बृद्ध नहुने बताए। नयाँ पुस्ता राजनीतिप्रति असन्तुष्ट र निराशा रहेको बताउदै उनले हरेक देशले कठिनलाईले सफलता प्राप्त हुने बताए। ‘आजको अमेरिका बेलायत, चीन निकै कठिन परिस्थितिले अगाडि बढेर सम्बृद्ध बनेका हुन्’, उनले भने, ‘राजनीतिले मात्रै देश बन्दैन। समाजमा..
वेष्टइण्डिजले दियो नेपाललाई २२८ रनको लक्ष्य
१९ बैशाख । ओपनर जोनसन चाल्र्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका..
प्रधानमन्त्री प्रचण्ड भन्छन्- युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ
१९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् । ‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन..
रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक
१९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले..
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
१९ बैशाख । इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई..
वेस्ट इन्डिज ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल
१९ बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजेबाट शुरू हुने छ। आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७