पार्टी विभाजन भए पनि सरकारको समर्थन कायमै छ- उपेन्द्र यादव

पार्टी विभाजन भए पनि सरकारको समर्थन कायमै छ- उपेन्द्र यादव

२६ बैशाख । जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् ।

बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।”

उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए । “म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो,” उनले भने ।

उनले नेताहरूसँग भेटघाट नै नभइ कपोकल्पित हल्ला चलाइएको दाबी गरे । पार्टी महाधिवेशन नजिकिँदा भएको विभाजनले फाइदा कसैलाई नहुने बताए ।

उनले विभाजनले कानुनी चुनौती दिने बताए । “त्यो असंवैधानिक छ । कानुनी चुनौती दिन्छौँ” उनले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर