लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक

७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग छलफल गरिसकेपछि आज मन्त्रालयमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनीक गर्नुभएको हो ।

उहाँले नक्सा सार्वजनिक गर्दे नेपालको ईतिहासमै यो एक उल्लेखित कार्य भएको बताउनुभयो । ‘यथेष्ठ प्रमाणको आधारमा हामीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हौँ । नेपाली हुनुमा हामी गर्व गर्देछौँ ।’

उहाँले थप्नुभयो ‘सुगौली सन्धिमा स्पष्ट संग लिपुलेक, कालापानी, लिम्पियाधुरमा नेपालको भनेर देखाएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर