मुख्य समाचार
लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीयः प्रधानमन्त्री ओली
२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान..
एक व्यक्ति, एक पद मानेर जान प्रधानमन्त्री ओलीलाई नेता खनालको सुझाव
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थायी कमिटीको बैठकमा उत्पन्न हुने विरोधका स्वरलाई निस्तेज पार्ने कसरत तीव्र पार्नुभएको छ । पार्टीका बहुमत स्थायी कमिटी सदस्यको दबाबमा बस्न थालेको बैठकमा आफ्नो तीव्र आलोचना हुने र राजीनामाका लागि समेत दबाब आउन सक्ने आँकलन गर्दै ओलीले विरोधलाई मथ्थर पार्ने प्रयास गरिरहनुभएको हो । स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी..
कसैले भन्दैमा मुख्यमन्त्री पद साटासाटा हुँदैनः मुख्यमन्त्री शेरधन राई
२३ वैशाख, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको स्पष्ट पर्नुभएको छ । त्यस्तै, तत्काल पार्टीमा एक व्यक्ति, एक पद पनि लागु नहुने जिकिर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको हकमा त झनै त्यो कुरा लागु नहुने उहाँले दावि गर्नुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । ‘प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागु हुँदैन । कसैले पनि केही..
बालुवाटारमा प्रचण्ड र नेपालपछि खनालसँग प्रधानमन्त्री ओलीको छलफल
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले आजमात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो । आज बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुभएका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।..
जवरजस्ति नेपाल प्रवश गर्न खोजेपछि झापाको सिमावर्ती क्षेत्रमा हवाई फायर
२३ वैशाख, झापा । नेपाल भारतको सीमा क्षेत्र झापाको झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन् । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै हिजो बेलुका पौने ५ बजे सो घटना भएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर..
नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो
२३ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको रिपोर्टमा ७ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले आज विहान ११ बजेदेखि २५ गतेसम्म नेपालगञ्जमा कफ्र्यु लगाउने घोषणा सोमबार नै गरिसकेको छ..
सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी
२२ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आरोपित तिन जनाले आफूहरु निर्दाेष रहेको भन्दै आज आयोगमा उजुरी दर्ता गराएका हुन् । आयोगमा तीनैजनाले आफूहरुलाई झुटा आरोप लगाई चरित्रहत्या गर्न खोजेको भन्दै यादवमाथि मानवअधिकार उल्लंघनको निवेदन दर्ता गरेका हुन् । निवेदनमा घटनाको विस्तृत विवरण समेत उल्लेख..
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार पुग्यो, ३५ लाख संक्रमित
२२ वैशाख, काठमाण्डौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या करिव २ लाख ५० हजार पुगेको छ । यस्तै संक्रमितको संख्या ३५ लाख लाख नाघेको अन्तराष्ट्रिय संञ्चार माध्यम रोयर्टसले जनाएको छ । तर पहिलेको अवस्थामा संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ । पछिल्लो कोरोना विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिकी र युरोपेलीहरु रहेका छन् । यता ल्याटिन अमेरिका, अफ्रिका र सोभियतमा भने..
लकडाउन जेष्ठ १० सम्म थप्ने सरकारको तयारी
२१ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिनका लागि लकडाउन थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा संक्रमित व्यक्तिको दर बढिरहेको वेला नेपाल सरकारले पनि जारी लकडाउनलाई थप्ने तयारी गरेको एक मन्त्रीले गृहखबरलाई बताए । नेपालमा हिजोमात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको बताईएको छ । भारतले..
बाँकेका थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो
२१ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । आज नै नेपालगञ्जका ९ जना व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । आज मात्र नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन्..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७