१० जेष्ठ, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा करिव दुई महिना देखी लकडाउन जारी छ । लकडाउनमा प्रायतः मानिसहरु घर भित्रै छन् । घर वाहिर निस्कन शख्त मनाही छ ।
वसन्त ऋतुको यो मध्यअवधीमा प्रकृती भने हाँसी रहेकी छिन् । लकडाउनका कारण मानिसहरुले प्रकृतीको यो अनुपम दृष्यलाई नियालेर रसपान गर्न सायदै पाएका छैनन् ।
खोला–बगर–डाँडा–काँडा हरियाली भएको छ । रुखहरुमा नयाँ पालुवा पलाएको छ । खुख्खा बगहरु रसाएका छन् । बाँझा खेतहरुमा हरियो पटाङ्गिनी छ्यिाए झैँ दुवो लहलाएका छन् । सुकेका खोलाहरु व्युतन थालेका छन् । घर वाहिर प्रकृती साच्चै हाँसी रहेकी छिन् । नाँची रहेकी छिन् ।
इलामको चुलाचुली गाउँपालिका भित्र रहेका विभिन्न क्षेहरुको तस्विरः
-तस्विरः निशेष राई सत्यरुप