अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

६ असार, काठमाण्डौँ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न अनुरोध गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी..

नेकपा सचिवालय बैठक सम्पन्नः विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय

६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो । बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत..

नेकपाको सचिवालय बैठक जारीः एमसीसीको विषयमा विशेष छलफल हुँदै

६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । विहान ९ बजेदेखि सुरु भएको बैठकमा एमसीसीको विषयमा विशेष छलफल भईरहेको स्रोतले बताएको छ । केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद निकै चर्किएको छ । अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागि पर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरु माधव कुमार नेपाल..

नेपालको सुरक्षा स्वार्थ जोडिएको सहयोग स्वीकार्दैनौंः प्रचण्ड

५ आश्विन, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताउनुभएको छ । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताउनुभयो । ‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन् । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं..

नेपालमा आज थपिए ४ सय २६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

५ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । आज ४ सय २६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा पुरुष ३ सय ३८ र महिला ८८ जना छन् । यसअघि हिजो सर्वाधिक ६ सय ७१..

विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याईयो

५ आश्विन, काठमाण्डौँ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत्र पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आज..

एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी

५ आश्विन, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । ओली पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको उहाँकै निकटस्थहरुले बताउन थालिसकेका छन् । यसलाई तोड्ने हुनु या होइनन् अबको १० दिनभित्र प्रष्ट हुनेछ । ओलीका सामु एमसीसीबाट पछि हट्ने या..

राष्ट्रपति भण्डारीद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

४ आश्विन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको हो । योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । आज मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो ।..

सङ्कटका बेला जनताप्रति बेइमानी गरेको पाइए हदै सम्मको कारवाही हुनेछः प्रधानमन्त्री ओली

४ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्चका विषयमा सन्देह फैलाउने, सबैलाई भ्रष्ट देखाउने र जसरी पनि चरित्र हत्या गर्नेजस्ता विषय जायज नभएको बताउनुभएको छ । प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत विनियोजन विधेयक–२०७७ अन्तर्गतको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सङ्कटका समयमा देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारका खर्चको..

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट आजै प्रमाणित गरिने

४ आश्विन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्नुहुने भएको छ । अतिक्रमित लिम्पियाधुरा सहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा सहितको निसान छाप आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेष्ठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित..