मुख्य समाचार
बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, कांग्रेसको पनि सहभागीता
२७ असार, काठमाण्डौँ । विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाउनुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी हुनुभएको छ । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । आज विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को..
भारतीय च्यानल बन्द गरेकोमा केबल सेवाप्रदायकको प्रसंसा, जी न्यूजले माफी माग्यो
२६ असार, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय संचार माध्यमबाट नेपाल र प्रधानमन्त्री केपी ओलीको नाम जोडेर प्रकाशित प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । मन्त्रालयका प्रबक्ता ऋषिराम तिवारीद्वारा आज(शुक्रबार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त यस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ ।’ आमसञ्चार..
सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च, सर्तक रहन आग्रह
२६ असार, सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ । कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो अवस्थामा रहेको जनाएको छ । कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्ने सक्ने, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बढी सतर्कता अपनाउनु पर्ने जानकारी दिइएको गराएको हो । हिजो देखी..
नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित
२६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी एक साताको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार देशभर देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्नको लागि पनि बैठक स्थगित गरिएको हो । उहाँले आज विहान ट्विटरमार्फत यस्तो जानकारी दिनुभएको..
नेकपा विवादको निकास खोज्दै दोस्रो तहका नेताहरु
२३ असार, काठमाण्डौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि तोकिएको स्थायी कमिटी बैठक असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका..
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सम्भव छैन ‘संवैधानिक अड्चन’
२२ असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुने थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत आँट गर्न सकिरहेका छैनन् । प्रचण्ड एकता केन्द्र मसाल देखि दश वर्ष जनयुद्ध लडेको..
नेकपा फुटेपनि सत्ता सहकार्य नगर्ने काँग्रेस केन्द्रिय समितिको निर्णय
२२ असार, काठमाण्डौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै यसमा सहभागी हुन नहुने तर्क गरेका थिए । केन्द्रिय..
आज थपिए १ सय ८० जना कोरोना संक्रमित
२२ असार, काठमाण्डौँ । आज थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित..
ओली–दाहाल सहमतिको विन्दु खोज्दै, आज पनि छलफल जारी
२२ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान..
सत्ता सहकार्यका लागि प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै देउवाको ‘ब्रिफिङ’
२१ असार, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र विवाद छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । नेकपाभित्रको विवाद चुलिएका बेला देउवालाई भेटेर प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुट्यो कांग्रेससँग मिलेर संयुक्त सरकार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७