पूर्वडीआईजी कोइरालाको मुद्धालाई लिएर सर्वाेच्चको फैसलाविरुद्ध सरकारी वकिल

पूर्वडीआईजी कोइरालाको मुद्धालाई लिएर सर्वाेच्चको फैसलाविरुद्ध सरकारी वकिल


८ श्रावण, काठमाण्डौँ । आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वाेच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।

स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वाेच्चमा निवेदन दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा आज नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालत जाने बताईएको छ ।

प्रधान यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वअधिकारी डीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई ८ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला आज नै रिहा भएका छन् ।

सर्वाेच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरि बोरामा राखेर टिस्टुङमा लगेर डढाएका थिए । उनी रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर गएकी थिइन् । रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर