प्रचण्डलाई मुख्यमन्त्री पोखलको जवाफः आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा नपाउने, अहिले मैंले हो भन्ने !

प्रचण्डलाई मुख्यमन्त्री पोखलको जवाफः आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा नपाउने, अहिले मैंले हो भन्ने !


१० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खुलेर आरोप प्रत्यारोप गर्ने क्रम सुरु भएको छ ।

हिजो सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको बोलेपछि आरोप प्रत्यारोप सुरु भएको हो ।

पुष्पलाल स्मृति दिवसको अवशरमा हिजो राजधानिमा आयोजित एक कार्यक्रममा प्रचण्डले ओलीमाथि आफ्ना युवाहरुलाई लगाएर नेकपा एमाले दर्ता गर्न लगाएको आरोप लगाएका थिए । उनले ओलीमाथि घुमाउरो पाराले नेकपा फुटाउन खोजेको आरोप समेत लगाए ।

प्रचण्डले कालापानीको विषयमा आफूले विशेष भुमिका खेलेको समेत दोहोर्याएका थिए ।

यता नेपालको नयाँ नक्शामा कालापानीलगायतका भु–भाग समेटेर नक्शा जारी गरेकोमा आफ्नो भुमिका स्थापित गर्न खोजेको भन्दै ओली निकटस्थहरुले प्रचण्डलाई कडा जवाफ फर्काएका छन् ।

प्रदेश–५ का मुख्यमन्त्री समेत रहेका ओलीका विश्वासपात्र मानिने नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डलाई व्यङ्ग्य गर्दै फेसबुकमा कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको र आफू प्रधानमन्त्री हुँदा कसरी थाहा नपाएको भनी प्रश्न गरेका छन् ।

उनले प्रचण्डको नाम उल्लेख नगरी आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थहा नपाउनेले अहिले मैले हो भन्न कसरी सकेको भनी प्रश्न गरेका छन् ।

‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन मैंले हो भन्न कसरी सकेको ?’ मुख्यमन्त्री पोखलले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर