१८ असोज, काठमाण्डौँ । संगठनका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चत भएको छ ।
हिजो नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो भने अझै केहिको रिपोर्ट आउँन बाँकि छ ।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि सबैको रिपोर्ट नआउन्जेल बैठक स्थिगित भएको कांग्रेस स्रोतले जनाएको छ ।
आज विहान बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक स्थगित गर्ने निर्णय भइसकेको छ ।
कांग्रेसले १४ औं महाधिवेशन लगायत एजेन्डाका बारेमा छलफल गर्न दुई सय ५० जनाको स्वाव परिक्षण गराइएको थियो ।