
२६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । केही समय अघि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित हुनुभएका सांसद गौतमको सांसदको योग्यता सम्बन्धी सर्वाेच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वाेच्च अदालतले जनाएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले असोज १२ गते गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गर्नुभएको थियो ।
सर्वाेच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट गैतम पराजित हुनुभएको थियो ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७