नेपाली गुप्तचर संयन्त्रद्धारा फोन–ट्यापिङको तयारी

नेपाली गुप्तचर संयन्त्रद्धारा फोन–ट्यापिङको तयारी


१६ पौष, काठमाण्डौँ । नेपाली गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । कानुनी वैद्यता विनानै गुप्तचर विभागले फोन ट्यापिङ शुरु गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष मातहतमा रहेको विभागले कानुन नबन्दै फोन इन्सरसेप्सनको अन्तिम तयारी गरिरहेको प्रधानमन्त्री स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराउनुभएको थियो । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको सो विद्येयकमा गुप्तचर संयन्त्रले ‘फोन–ट्यापिङ गर्न पाउने’ प्रस्ताव गरिएको छ । तर, सो विद्येयक पारित भैसकेको छैन ।

मौजुदा कानुनअनुसार अदालतको आदेशमा मात्र टेलिफोन सेवा प्रदायकसँग फोनसम्पर्क र लोकेशनको सूचना माग्न सकिन्छ । प्रस्तावित विद्येयकमा चाहिँ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको स्वीकृतिमा अनुसन्धान अधिकृतले मागेको विवरण, संकेत वा सुचना सेवा प्रदायक कम्पनीले अनिवार्य उपलब्ध गराउनुपर्ने ‘बाध्यात्मक’ कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ ।

केपी ओलीको क्याविनेटबाट भर्खरै राजीनामा दिएका निवर्तमान मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्रीको आदेशमा गुप्तचरले नेताहरुको फोन ट्यापिङ गरिरहेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले इन्टरसेप्सन मेशिन समेत खरिद गरेको छ । ईजरायलसँग जिटुजी बिधिअनुसार ४० करोडमा मेशिन खरिद गरिएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर