बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध

बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध

२१ पौष, काठमाण्डौँ । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार विहान पनि तराईका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । आज विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प छ ।
अन्य विमानस्थलमा भने उडान–अवतरण भइरहेको छ ।

काठमाडौं विमानस्थलमा भने हिजो र आज साविकमा जस्तै उडान अवतरण भएको उहाँले जानकारी दिनुभयो । काठमाडौंमा सामान्यतया १ हजार मिटरसम्म भिजिबिलिटी भए उडान–अवतरण हुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर