मुख्य समाचार
पूर्ववत रुपमै सार्वजनिक यातायात, उद्योगधन्दा संञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
२२ माघ, काठमाण्डौँ । सरकारले पूर्ववत रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग..
लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश
२१ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जबाफ माग गरेको छ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिवक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वाेच्चमा अवहेलनासम्बन्धी रिट दायर गर्नुभएको थियो ।
संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण
२१ माघ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र..
संवैधानिक परिषदको बैठक आज बस्दै
२० माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । यसअघिको बैठकबाट संवैधानिक परिषदहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ..
म्यान्मारमा सैन्य ‘कु’ ! अब के होला ?
२० माघ, काठमाण्डौँ । म्यानमार सेनाले आफूहरुले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाले आङ सान सूकीसमेत थुप्रै नेतालाई हिरासतमा लिएको छ । साथै देशका मुख्य शहरका सडकमा सैनिक तैनाथ गरेको छ र सञ्चार व्यवस्थामाथि सिमित रोक लगाइदिएको छ । आजभन्दा १० वर्षअघि सेनाले सत्ताको हस्तान्तरण जनताले छानेको सरकारलाई गरेको थियो । सैन्य कूको खबरले देशमा एकपटक पुनः भयको स्थिती पैदा भएको छ । सन् २०११ मा..
नेपालमा अब हिंसात्मक आन्दोलनको सपना नदेख्न प्रचण्डलाई ओलीको चेतावनी
१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?,..
म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा
१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..
अदालतको अवहेलना गरेको भन्दै प्रचण्ड बिरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता
१९ माघ, काठमाण्डौँ । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको..
९१ प्रतिशत नेपाली आधारभूत खानेपानीको पहुँचमा
१८ माघ, काठमाण्डौँ । नेपाल सरकारले आगामी तीन वर्षभित्र शतप्रतिशत जनतामा आधारभूत खानेपानीको सुविधा पुर्याउने लक्ष्य सार्वजनिक गरेसँगै खानेपानीको विभिन्न आयोजनाहरूको निर्माणमा तीव्रता आएको छ । जनतामा आधारभूत खानेपानी पुर्याउने सरकारको लक्ष्य हालसम्म ९१ प्रतिशत सफल भएको खानेपानी मन्त्रालयले जनाएको छ । संविधानमा मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी र सरसफाइको हकबाट कोही पनि विमुख हुन नपरोस् भन्ने उद्देश्यले सरकारले आगामी तीन वर्षभित्र सबैमा आधारभूत खानेपानी र्पुयाउने गरी काम गरिरहेको..
कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आव्हान
१८ माघ, काठमाण्डौँ । कोरोनाविरुद्धको खोप सबै लक्षित व्यक्तिहरूलाई लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आव्हान गरेको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले हाल प्रयोग गरिएको कोरोना शिल्ड खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भइसकेकाले खोप अभियानको प्राथमिकतामा परेका सबै व्यक्तिहरूलाई आ–आफ्नो पालोमा खोप लगाउन आग्रह गर्नुभयो । डा. गौतमले खोप लगाइसकेपछि केही व्यक्तिहरूमा देखिएका सामान्य असरहरूका सबै लक्षणहरू केही समयभित्रै ठिक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७