मुख्य समाचार

कोरोना विरुद्धको खोप आयातमा स्रोतको अभाव हुदैनः अर्थमन्त्री पौडेल
३ पौष, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको खोप आयात गरी नागरीकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक..

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष
३ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा प्रदेश–१ का आफु निकट नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको..

आगामी तीन दिनको मौसम पूर्वानुमानः चिसो बढ्न सक्ने
३ पौष, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ । दिउँसोः प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी..

लक्ष्मण थारु–रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
३ पौष, काठमाण्डौँ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भईसकेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।..

एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन
२ पौष, काठमाण्डौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो । समितिले..

प्रचण्डसंगको छलफलपछि संवैधानिक परिषद्को बैठक स्थगित
२ पौष, काठमाण्डौँ । आज (बिहीबार) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएसँगै बालुवाटार पुग्नुभएका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गर्नुभएको हो । स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गर्नुभएको थियो । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिनुभएको..

ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’
१ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’ भएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको हो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ..

प्रचण्ड भेट्न शंकर पोखरेल खुमलटारमा
१ पौष, काठमाण्डौँ । ‘अध्यादेश प्रकरण’पछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले हिजो पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्काे विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे..

पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो
१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था..

अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने
३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..