देशलाई समृद्ध बनाउने अभियानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको उद्घोष

देशलाई समृद्ध बनाउने अभियानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको उद्घोष

१३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यान्त्रिकरणबाट उत्पादन बढाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले त्यसतर्फ वर्तमान सरकार लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब सबैको ध्यान कृषिमा जानु जरुरी रहेको उल्लेख गर्नुहुँदै कृषि क्रान्तिबाटै नेपाल समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । कृषि विकास र सडक विस्तारको कामलाई वर्तमान सरकारले विशेष प्राथमिकताका साथ अगाडी बढाइरहेकोले अहिले नेपालको अवस्था विगतको भन्दा धेरै राम्रो हुँदै गएको बताउनुभयो ।

कृषिसँग सम्बन्धित कारखानाको स्थापनासँगै त्यससँग सरोकार राख्ने कलकारखानाको विकासबाट मुलुकमा रोजगारीसँगै समृद्धि हासिल गर्ने सवालमा फड्को मार्न सकिने भएकाले त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270