आज सोनाम ल्होसारः राष्ट्रपति देखी मुख्यमन्त्रीसम्मले दिए शुभकामना

३० माघ, काठमाण्डौँ । तामाङ समुदायको सोनाम तथा ग्याल्पो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिनुभएको छ । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो..

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रधानमन्त्री ओली

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताउनुभयो । सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज..

प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुनेछः रामकुमारी झाँक्री

२७ माघ, काठमाण्डौँ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । गत माघ १६ गते गोर्खामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर झाँक्रीलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ गरेर झाँक्रीलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो । नेत्री झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि..

प्रचण्डको खुलासा पछि वालुवाटारमा खैलाबैला !

२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ । प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताउनुभएको थियो । उहाँले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता..

दैनिक चर्को लोडसेडिङ हुन थालेपछि महिलाहरु आक्रोशितः पोल उखेलेर फ्याँक्ने चेतावनी

२७ माघ, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन÷चार पटक विद्युत भार कटौती हुन थालेपछि त्यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् । दिउँसो केही समय..

ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने आदेश

२८ माघ, काठमाण्डौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । आज न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा..

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारलाई थप सबल बनाउनुपर्छः प्रधानमन्त्री ओली

२८ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कम गर्न राज्यका सबै निकायहरूको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अख्तियारले भ्रष्टाचार विरुद्ध सूक्ष्म निगरानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई थप प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी बनाउन ऐन तर्जुमा गरी संसदमा दर्ता गरेको उल्लेख गर्दै आयोग गम्भीर उत्तरदायित्व भएको संस्थाको रुपमा अघि..

मैले सूर्यबाहेक अरू चिह्नबाट चुनाव लडेको छैनः प्रधानमन्त्री ओली

२७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यलय पुग्नुभयो । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका..

नेकपा विभाजनको असरः ६ वटै प्रदेशका मुख्यमन्त्री संकटमा

२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारमा पनि परेको छ । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद अहिले संकटमा परेको छ । नेकपा ओली पक्ष र दाहाल–पक्षबीच अहिले आरोप–प्रत्यारोप चलिरहेको छ । गत पैष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित बनेको छ । प्रधानमन्त्री ओलीले आफूले चालेको कदम सही र संवैधानिक भएको दाबी गरिरहेका छन्..

प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जादै

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा उपस्थित हुनुहुँदै छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहनुभएका ओली जानुभएको थिएन् । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाँको सचिवालयले जनाएको छ । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु..