शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

१६ माघ, काठमाण्डौँ । आज शहीद दिवस । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा आज विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । सोही अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम..

निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसक्योः सुवास नेम्वाङ

१६ माघ, काठमाण्डौँ । नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसकेको बताउनुएको छ । आज आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुग्नुभएका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया..

आज शहीद दिवस मनाइदैं

१६ माघ, काठमाण्डौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ..

आज देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए

१४ माघ, काठमाण्डौँ । आज देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८ हजार ७ सय ३२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गदै हालसम्म प्रदेश–१ मा ३ हजार ८ सय ४७ जना, प्रदेश–२ मा २ हजार १ सय ७४, बागमती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार..

प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छु । ओली विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै..

प्रधानमन्त्री ओलीद्धारा कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ

१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । खोप अभियान शुभारम्भलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाईमा विगतमा अपनाइएका विधिहरु अझै कायम राख्न आग्रह गर्नुहुँदै उहाँले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भूगोल र सीमाभन्दा बाहिर गएर मानव जातीको बचाउका लागि खोज अध्ययन..

ओली अब नेकपाको अध्यक्ष होईनन्ः माधव नेपाल

१३ माघ, काठमाण्डौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताउनुभएको छ । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई अध्यक्षबाट हटाइसकेको पनि बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले उहाँले बताउनुभयो । ४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् उहाँले भन्नुभयो । ओलीलाई नेकपाको नाम..

तोकिएकै समयमा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली

१३ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट पार्नुभयो । सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । आफ्नो दलले नेकपाका कोही कसैलाई..

माधव नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन्

१२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै नेकपामा नयाँ तहल्का सुरु भएको छ । यस संगै माधव कुमार नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन् भने ओली समुहले थप गरेको केन्द्रिय सदस्यहरुले पनि मान्यता पाएका छैनन् । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्ने बताएको छ । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले निर्वाचन आयोगले..

मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

११ माघ, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आज उहाँले मोडल जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला राई र २४ वर्षकी बेहुली शेर्पा किराती परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो, त्यस्तै शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा..