भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

२७ माघ, काठमाण्डौँ । बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको जङ्गलमा बलात्कारपछि घाँटी थिची हत्या भएको प्रहरीले पुष्टि गरेको हो । सुदुर पश्चिम प्रदेश प्रहरीका प्रवक्ता समेत रहनुभएका एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएपनि एक वा सोभन्दा बढी व्यक्ति संलग्न भएको स्पष्ट भएको छैन । यसका लागि मृतकको भेजिनल स्वाब..

कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा

२६ माघ, काठमाण्डौँ । सरकारले कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित संञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले संञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । कम्पनीसँगको समन्वयमा..

प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधिशको प्रश्न ‘त्यस्तो कहाँ हुन्छ ?’

२६ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन मुद्दामा आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । तर प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता..

इलाममा पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङलाई शाख जोगाउन सकस

२६ माघ, इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङ कुनै समय सहयात्री हुनुहुन्थ्यो । एजेन्डा र मोर्चा एउटै हुनुहुन्थ्यो । त्यतिमात्र होइन इलाम आदर्श स्कुलमा सँगै पढेका दौंतरी हुनुहुन्छ । उरु राजनीतिक प्रतिस्पर्धी भन्दा पनि एक आपसका सहयोगी हुनुहुन्थ्यो । अहिले पनि संगठन विस्तार र सामाजिक विकासमा उहाँहरुको योगदानको उच्च कदर हुनेगर्छ । सुभासको तुलनामा झलनाथले राजनीतिक रुपमा धेरै सफलता हासिल गर्नुभएको छ । एक दशक नेपाल कम्युनिष्ट..

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित

२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

के सत्ता चलाउनेहरु पनि भावुक हुन्छन् ?

२६ माघ, काठमाण्डौँ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली । २३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक बन्नुभयो । भाषणका दौरान उहाँ बोल्नै नसक्ने गरी रोक्किनुभयो । उहाँको पक्षमा नारा लाग्न..

पूर्वी नाका काँकडभिट्टा खुलेसंगै आवतजावतमा सहज

२५ माघ, झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।..

प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा

२५ माघ, विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश–१ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको..

श्रमजीवि पत्रकाहरुका लागि राहत प्याकेज ल्याउने संञ्चार मन्त्री गुरुङको घोषणा

२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला..

अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ

२२ माघ, काठमाण्डौँ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि कलंकीबाट पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता–कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल..