मुख्य समाचार

प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित
७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये..

नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय
७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन हुनुभएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री ओलीले ५ सय ५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नुभएको छ । आज उहाँहरुलाई सपथ ग्रहण समेत..

नेकपा आजबाट औपचारिक विभाजनतर्फ, दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
७ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्काेलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो । आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् ।..

नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा
६ पौष, काठमाण्डौँ । नेकपा विवादको बिषय झनै जटिल बनेको अवस्थामा नेताहरुको आ–आफ्नो तयारी थालेका छन् । नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । यसमा वामदेव गौतमले भने कुनै गुटमा नरहेको सन्देश दिन सुरु गर्नुभएको छ । अब नेकपा फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो..

माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा
६ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला संसद विघटनको यो निर्णयले माधव नेपाल समुह संकटमा परेको छ । यदी पार्टी विभाजित भईहालेको खण्डमा कुन कित्तामा जाने भन्ने बिषयले नेपाल समुहको राजनीतिक अस्तित्व धरापमा परेको हो । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षलाई आफ्नो स्वार्थका दृष्टिले ठुलो बाधक ठान्दै आएका थिए । पछिल्लो घटनाक्रमसँगै ओलीले उक्त समूहलाई..

संसद विघटन गर्नु लोकतान्त्रिक मान्यता विपरीतः नेपाली कांग्रेस
५ पौष, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि निश्कर्ष निकालेको छ । संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना..

राष्ट्रपतिद्धारा संसद विघटनः ओलीलाई कारबाही गर्ने नेकपाको निर्णय
५ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।..

प्रधानमन्त्री शीतल निवासमा, प्रचण्डलाई भेटेनन्
५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिनुभएन । त्यसपछि प्रचण्ड खुमलटार फर्किनुभएको छ । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच..

प्रधानमन्त्री ओलीद्धारा संसद विघटन गर्न सिफारिस
५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस..

ओली भेट्न बालुवाटारमा प्रचण्ड
५ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी कमिटि बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि हिजो भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो ।..