सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !

सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !


६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च अदालतमा आँफै उपस्थित भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको जनाउनुभएको हो ।

प्रधानमत्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गर्नुभएको छ ।

‘मैले राजनीतिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दा सम्माननीय प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरु, तथा अदालतमा न्याय सम्पादनका लागि कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना लगाएको छैन’, प्रधानमन्त्रीको लिखित जवाफको ६ नम्बर बुँदामा भनिएको छ ।

त्यस्तै उहाँले रिट निवेदनकले हुदै नभएको विषय र अप्रसांगिक कानुनी व्यवस्था उल्लेख गरी अदालतलाई भ्रमित गर्नेगरी रिट दिएको स्पस्ट देखिएको बताउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर