८ फाल्गुन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई काम गर्न नदिईएको बारे आधार पेश गर्नुभएको छ । आज ओली समूहले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताउनुभएको हो ।
उहाँले संसद्ले काम पाएन भने सरकारले ढङ्ग नपूर्याएको भन्ने आरोप लाग्ने गरेको बताउदैं सरकारले संसदलाई काम दिएन भने सरकारले काम गर्न सकेन भन्ने आरोप लाग्नेको बताउनुभयो ।
उहाँले उहाहरण दिदै भन्नुभयो–‘यो सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेको होईन, तपाईँहरुलाई सम्झना छ ? एमसीसी प्रस्ताव धेरै पहिले प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । त्यो एमसीसी प्रस्ताव कहाँ गयो ? प्रतिपक्षका साथीहरूले नेपाली काँग्रेसका सार्थीहरुले प्रश्नसमेत उठाए, कुनै जभाब दिईएन ? त्यो एमसीसी प्रस्ताव सदनको कार्यसूचिमा राख्दै राखिईएन । दुई तिहाई बहुमतको सरकारले पेस गरेको प्रस्ताव संसदमा किन आएन ? काम गर्न दिईएन भनेको यहि हो । दुई तिहाई बहुमतको सरकारले पेस गरेको प्रस्ताव सदनमा प्रस्तुत हुनुपर्ने थियो नि ? प्रस्तुत गर्नुपर्ने थियो नि ? मलाई अहिलेपनि एसएमस आउँछ । अरु सार्थीभाईहरुलाई पनि एसएमएस आउँदो हो । नेताज्युहरुलाई आउँदो हो ।’